ताजा अपडेट
दार्चुलामा स्क्रब टाइफसका १७ जना बिरामी फेला
दार्चुला । वर्षायाम शुरु भएसंगै स्क्रव टाइफसका बिरामी देखिन थालेका छन् । साउन महिनामा मात्रै दार्चुलामा १७ जना बिरामी फेला परेका छन् ।
जिल्ला अस्पतालमा उपचारका लागी पुगेका बिरामीहरुमध्ये १७ जनामा स्क्रव टाइफस देखिएको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी राजेश भट्टले बताए ।
स्क्रव टाइफसको संक्रमण सबैभन्दा बढी महाकाली नगरपालिकामा देखिएको छ । सो नगरपालिकामा ९ जनामा स्क्रव टाइफस देखिएको छ । दुहुँ गाउँपालिका, व्यासँ गाउँपालिकाका नौगाड गाउँपालिकाकाका २/२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको उनले बताए।
यस्तै मार्मा गाउँपालिकाका लेकम गाउँपालिकामा पनि १/१ जना गरी १७ जनामा स्क्रव टाइफस देखिएको अस्पताल दार्चुलाका सुचना अधिकारी भट्टले बताए। भट्टका अनुसार स्क्रब टाइफस भएको बिरामीमा लामो समय ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी बाउडिने, जीउ दुख्ने र कुनै–कुनै बिरामीलाई झाडापाखाला र सामान्य खोकी लाग्ने जस्ता लक्षण समेत देखा पर्ने गरेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया