ताजा अपडेट
दार्चुलामा स्क्रब टाइफसका १७ जना बिरामी फेला
दार्चुला । वर्षायाम शुरु भएसंगै स्क्रव टाइफसका बिरामी देखिन थालेका छन् । साउन महिनामा मात्रै दार्चुलामा १७ जना बिरामी फेला परेका छन् ।
जिल्ला अस्पतालमा उपचारका लागी पुगेका बिरामीहरुमध्ये १७ जनामा स्क्रव टाइफस देखिएको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी राजेश भट्टले बताए ।
स्क्रव टाइफसको संक्रमण सबैभन्दा बढी महाकाली नगरपालिकामा देखिएको छ । सो नगरपालिकामा ९ जनामा स्क्रव टाइफस देखिएको छ । दुहुँ गाउँपालिका, व्यासँ गाउँपालिकाका नौगाड गाउँपालिकाकाका २/२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको उनले बताए।
यस्तै मार्मा गाउँपालिकाका लेकम गाउँपालिकामा पनि १/१ जना गरी १७ जनामा स्क्रव टाइफस देखिएको अस्पताल दार्चुलाका सुचना अधिकारी भट्टले बताए। भट्टका अनुसार स्क्रब टाइफस भएको बिरामीमा लामो समय ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी बाउडिने, जीउ दुख्ने र कुनै–कुनै बिरामीलाई झाडापाखाला र सामान्य खोकी लाग्ने जस्ता लक्षण समेत देखा पर्ने गरेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया