Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ३२ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी

टीकापुर अस्पतालमा ‘कम्पोनेन्ट सेटअप मेसिन’को अभाव

टीकापुर अस्पतालमा ‘कम्पोनेन्ट सेटअप मेसिन’को अभाव

टीकापुर । कैलालीस्थित नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले एक वर्षमा दुई हजार तीन सय ६९ पिन्ट रगत वितरण गरेको छ । केन्द्रले विसं २०७९ साउनदेखि २०८० असारसम्ममा दुई हजार चार सय ६० पिन्ट रगत सङ्कलन भए पनि दुई हजार तीन सय ६९ पिन्ट रगत वितरण गरेको हो । बाँकी रगत मौज्दात रहेको बताइएको छ ।

यसरी वितरण गरिएको रगत ९५ प्रतिशत टीकापुर अस्पतालमा भर्ना भएका बिरामीलाई वितरण गरिएको जनाइएको छ । टीकापुर अस्पतालमा सुत्केरीका साथै हाडजोर्नीका बिरामी, थारू जातिमा देखिने सिकलसेलका बिरामी र अन्य शल्यक्रिया हुन थालेपछि रगतको खपत बढेको हो । अघिल्लो वर्ष एक हजार छ सय ९५ पिन्ट रगत वितरण भएको केन्द्रले जनाएको छ । अघिल्ला वर्षका तुलनामा रगत खपत बढ्दै गएको छ ।

कैलालीको टीकापुर र भजनी नगरपालिका, त्यसैगरी जानकी र जोशीपुर गाउँपालिकाले आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने नीति लिएका छन् । नीतिअनुसार ती पालिका र रेडक्रसबीच रगत प्रयोग गरेको आधारमा एकमुष्ट रकम उपलब्ध गराउने सम्झौता गरिएको छ । प्रतिपिन्ट एक हजार एक सय ५० का दरले पालिकाले रेडक्रसलाई रकम उपलब्ध गराउने गरेका छन् । रगत प्रयोगका आधारमा टीकापुरमा सबैभन्दा बढी छ सय ७९ पिन्ट रगत खपत भएको छ ।

यस्तै जानकी गाउँपालिकाका नागरिकले चार सय नौ, जोशीपुर गाउँपालिकाले दुई सय ४१ र भजनी नगरपालिकाले दुई सय ७२ पिन्ट रगत प्रयोग गरेका छन् । अन्य पालिकाका नागरिकले छ सय ७६ पिन्ट रगत प्रयोग गरेका छन् । रगतको खपत बढ्दै गएपछि रेडक्रसले रेडसेल (रातो रक्तकोष), डब्लुबिसी (सेतो रक्तकोष) र प्लेटलेस छुट्याउने मेसिन ल्याउने योजना बनाएको छ ।

‘रगतको माग दिनप्रतिदिन बढ्दै गएको छ, रेडसेल, डब्लुबिसी र प्लेटलेस छुट्याउने मेसिन आवश्यक छ’, नेपाल रेडक्रस टीकापुर उपशाखाका सभापति दत्तबहादुर विष्टले भने, ‘यसका लागि कम्पोनेन्ट सेटअप मेसिनको आवश्यक पर्छ, त्यसैका लागि हामी लागेका छौँ ।’

उनले रेडक्रसलाई बलियो बनाउने सवालमा सबैको सहयोग आवश्यक रहेको बताए । विसं २०६६ मा आकस्मिकरूपमा रगत उपलब्ध गराउने गरी सुरु गरिएको रक्तसञ्चार केन्द्रले सुरुका दिनमा महिनामा फाट्टफुट्ट रगत उपलब्ध गराउने गरेको थियो । ‘अस्पतालमा सेवा विस्तारसँगै रगतको माग बढ्दै गएको छ’, नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका उपसभापति जगदीश्वर पण्डितले भने, ‘दुई हजार तीन सय ६९ पिन्ट रगत उपलब्ध गराउनु भनेको सामान्य कुरा होइन, रक्तसञ्चार केन्द्रलाई अझ भरपर्दो बनाउन जरुरी छ ।’

उनले रेडसेल, डब्लुबिसी र प्लेटलेस छुट्याउने मेसिन आवश्यक भएकाले यसका लागि यस क्षेत्रका राजनीतिक दलका नेता र जनप्रतिनिधिले चासो देखाउन जरुरी छ भने । ‘रेडक्रसले सहुलियत दरमा रगत परीक्षण गर्ने गरेको छ भने दाँतका रोगीलाई उपचारमा सहज होस् भनेर डेन्टल क्लिनिक सञ्चालन गरेको थियो तर डाक्टर नपाएपछि हाल बन्द भएको छ’, उनले भने, ‘रक्तसञ्चारका कर्मचारीलाई पारिश्रमिक दिन पनि रेडक्रसको आम्दानी बढाउन जरुरी छ, यसका लागि आम्दानीको स्रोत खोज्दै आएको छौँ ।’

अहिले रेडक्रसमा पाँच प्राविधिक, एक प्रशासनतर्फ गरी छ कर्मचारी कार्यरत छन् । रेडक्रसले नियमितरूपमा रक्तादानका कार्यक्रममार्पmत रगत सङ्कलन गर्दै आएको छ । यस क्षेत्रमा भजनीका टङ्क जोशीले पिताको सम्झनामा रहेक वर्ष सयौँ पिन्ट रक्तदान कार्यक्रम गर्दै आएका छन् । त्यसैगरी सन्त निरंकारी मण्डल, राजनीतिक दल र तिनका भातृ सङ्गठन, रेडक्रसका उपशाखा, जेसिजका संस्था, मानव धर्म सेवा समिति, विभिन्न विद्यालयलगायतका संस्थाले बर्सेनि रक्तदान कार्यक्रम आयोजना गर्ने गरेका छन् ।

‘रगत सङ्कलन गर्ने र वितरण गर्ने गरिएको भए पनि अझै अधिकांशमा रक्तदानको महत्वबारे ज्ञान छैन’, रक्तसञ्चार केन्द्रका संस्थापक संयोजक भुवनेश्वर अधिकारीले भने, ‘आकस्मिक सेवा सुरु गर्दा व्यापारिक पसल–पसलमा गएर रक्तदान गर्न आग्रह गर्दै कार्यक्रम गरेका हौँ ।’
उनले स्थापनाकालमा बजेट अभाव र चेतनाको पनि अभाव भएका कारण रगत सङ्कलन र वितरण काम धेरै कठिन थियो भने ।

‘अहिले विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम गर्दा रगत सङ्कलनमा सहज भएको छ’ उनले भने, ‘मानवतासँग जोडिएको विषय हो रगत, त्यसैले रक्तसञ्चार केन्द्रलाई आवश्यक पर्ने मेसिन ल्याउने विषयमा जनप्रतिनिधिले बढी चासो दिन जरुरी छ ।’

प्रतिक्रिया