ताजा अपडेट
दुबै मृगौंला फेल भएकी बझाङकी धामीलाईं उपचारका लागि सहयोगको अपिल
धनगढी । दुबै मृगौंला फेल भईं हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत् बझाङको बुङ्गलकी मिना धामीको उपचारमा सहयोग गरिदिन उनका आफन्तले अपिल गरेका छन् ।
१८ वर्षिया मिना विगत ५ दिनदेखि अस्पतालमा उपचाररत् छन् । चिकित्सकका अनुसार उनलाई थप उपचारका लागि काठमाडौं लैजानुपर्ने र मृंगौला फेर्नुपर्ने अवस्था छ ।
कक्षा १० मा अध्ययनरत् मिना एकदमै विपन्न परिवारकी हुन् । उनका बुबा समेत अपांग छन् । घरपरिवारको आर्थिक अवस्था एकदमै नाजुक रहेकाले उनको डायलासिसलगायत उपचारमा पनि निकै सकस परिरहको आफन्तले जनाएका छन् ।
धनगढीमा बिरामीका कुरुवालाई समेत खान बस्नको समस्या रहेकाले आफूले सक्दो सानोतिनो सहयोग गरिदिन मिनाका दाई दीपकबहादुर धामीले आग्रह गरेका छन् ।
मिनाको उपचारका सहयोगका लागि दिपक बहादुर धामी (Dipak Badadur Dhami) को नाममा रहेको एनआईसी एसिया बैंकको खाता नम्बर 0915752765085001 वा इसेवा आइडी 9865819161 मा सहयोग रकम जिम्मा गर्न सकिन्छ । यस्तै उनको अवस्थाबारे बुझ्न दाईं दीपकलाई 9865629075,9865819161 नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया