ताजा अपडेट
दुबै मृगौंला फेल भएकी बझाङकी धामीलाईं उपचारका लागि सहयोगको अपिल
धनगढी । दुबै मृगौंला फेल भईं हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत् बझाङको बुङ्गलकी मिना धामीको उपचारमा सहयोग गरिदिन उनका आफन्तले अपिल गरेका छन् ।
१८ वर्षिया मिना विगत ५ दिनदेखि अस्पतालमा उपचाररत् छन् । चिकित्सकका अनुसार उनलाई थप उपचारका लागि काठमाडौं लैजानुपर्ने र मृंगौला फेर्नुपर्ने अवस्था छ ।
कक्षा १० मा अध्ययनरत् मिना एकदमै विपन्न परिवारकी हुन् । उनका बुबा समेत अपांग छन् । घरपरिवारको आर्थिक अवस्था एकदमै नाजुक रहेकाले उनको डायलासिसलगायत उपचारमा पनि निकै सकस परिरहको आफन्तले जनाएका छन् ।
धनगढीमा बिरामीका कुरुवालाई समेत खान बस्नको समस्या रहेकाले आफूले सक्दो सानोतिनो सहयोग गरिदिन मिनाका दाई दीपकबहादुर धामीले आग्रह गरेका छन् ।
मिनाको उपचारका सहयोगका लागि दिपक बहादुर धामी (Dipak Badadur Dhami) को नाममा रहेको एनआईसी एसिया बैंकको खाता नम्बर 0915752765085001 वा इसेवा आइडी 9865819161 मा सहयोग रकम जिम्मा गर्न सकिन्छ । यस्तै उनको अवस्थाबारे बुझ्न दाईं दीपकलाई 9865629075,9865819161 नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया