Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ३२ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बैतडीको सुर्नयामा सरसफाइ अभियान शुरु

बैतडीको सुर्नयामा सरसफाइ अभियान शुरु

बैतडी  । बैतडीको सुर्नया गाउँपालिकाले फोहर व्यवस्थापन तथा सरसफाइ अभियान सुरु गरेको छ । शुक्रबार सुर्नया गाउँपालिकाको वडा नं ४को सनशेरीमाण्डौंदेखि वडा नं ६ को रीगासम्म सडक छेउछाउमा सरसफाइ गरिएको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । 

गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर, गाउँपालिका प्रवक्ता एवं वडा नं ४ का अध्यक्ष प्रतापसिंह महरा, वडा नं ५ का अध्यक्ष केशव बिष्ट, वडा नं ६ का अध्यक्ष मदनराज अवस्थी, प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी लगायत पालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीयहरुको समेत सहभागितामा फोहर व्यवस्थापन तथा सरसफाइ अभियान सञ्चालन गरिएको हो । 

पालिका क्षेत्रभित्रका सार्वजनिक स्थलहरुलाई सरसफाईयुक्त बनाउनका लागि अभियान शुरु भएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । यो अभियान हरेक महिनाको अन्तिम शुक्रबार पालिकाका सबै सार्वजनिक स्थान,वडा कार्यालय, शिक्षण संस्था, सरकारी तथा गैर सरकारी निकायमा सञ्चालन हुने उनले बताए । 

पालिका क्षेत्र भित्रको फोहर व्यवस्थापन र सरसफाइको काम पालिकाको दायित्वभित्र पर्ने भएकाले गाउँपालिकाले सबै वडा कार्यालय तथा अन्य सरोकारवालाहरुलाई पत्र पठाएर फोहर व्यवस्थापन तथा सरसफाइ अभियान सञ्चालन गर्न आग्रह समेत गरेको छ । 

बर्षातको समयमा फोहरका कारण विभिन्न रोगहरुको जोखिम हुन सक्ने भएकाले फोहर व्यवस्थापन र सरसफाइ अभियान सञ्चालन गरिएको सुर्नया गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया