Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ३१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बैतडीको सुर्नयामा सरसफाइ अभियान शुरु

बैतडीको सुर्नयामा सरसफाइ अभियान शुरु

बैतडी  । बैतडीको सुर्नया गाउँपालिकाले फोहर व्यवस्थापन तथा सरसफाइ अभियान सुरु गरेको छ । शुक्रबार सुर्नया गाउँपालिकाको वडा नं ४को सनशेरीमाण्डौंदेखि वडा नं ६ को रीगासम्म सडक छेउछाउमा सरसफाइ गरिएको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । 

गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर, गाउँपालिका प्रवक्ता एवं वडा नं ४ का अध्यक्ष प्रतापसिंह महरा, वडा नं ५ का अध्यक्ष केशव बिष्ट, वडा नं ६ का अध्यक्ष मदनराज अवस्थी, प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी लगायत पालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीयहरुको समेत सहभागितामा फोहर व्यवस्थापन तथा सरसफाइ अभियान सञ्चालन गरिएको हो । 

पालिका क्षेत्रभित्रका सार्वजनिक स्थलहरुलाई सरसफाईयुक्त बनाउनका लागि अभियान शुरु भएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । यो अभियान हरेक महिनाको अन्तिम शुक्रबार पालिकाका सबै सार्वजनिक स्थान,वडा कार्यालय, शिक्षण संस्था, सरकारी तथा गैर सरकारी निकायमा सञ्चालन हुने उनले बताए । 

पालिका क्षेत्र भित्रको फोहर व्यवस्थापन र सरसफाइको काम पालिकाको दायित्वभित्र पर्ने भएकाले गाउँपालिकाले सबै वडा कार्यालय तथा अन्य सरोकारवालाहरुलाई पत्र पठाएर फोहर व्यवस्थापन तथा सरसफाइ अभियान सञ्चालन गर्न आग्रह समेत गरेको छ । 

बर्षातको समयमा फोहरका कारण विभिन्न रोगहरुको जोखिम हुन सक्ने भएकाले फोहर व्यवस्थापन र सरसफाइ अभियान सञ्चालन गरिएको सुर्नया गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया