Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

गोदावरीका १२ वटै वडामा प्रजनन स्वास्थ्य सम्बन्धी परियोजना सुरु गरिदै

गोदावरीका १२ वटै वडामा प्रजनन स्वास्थ्य सम्बन्धी परियोजना सुरु गरिदै

धनगढी । कैलालीको गोदावरी नगरपालिकाका १२ वटै वडाहरुमा प्रजनन स्वास्थ्य सम्बन्धी परियोजना सुरु गरिने भएको छ । केयर नेपालको आर्थिक एवम् प्राविधिक सहयोगमा निड्स नेपालले नगरका १२ वटै वडाहरुमा प्रजनन स्वास्थ्य सम्बन्धी परियोजना सञ्चालन गर्ने भएको हो ।

विपद्को जोखिममा रहेका र विपद्का समयमा गुणस्तरिय प्रजनन स्वास्थ्य सेवामा पहुँच नभएका बस्तीहरुमा उक्त परियोजना सञ्चालन गरिने निड्स नेपालकी अध्यक्ष दुर्गा देवी खरेलले जानकारी दिईन । उनले विपद् आइपर्दा प्रजनन स्वास्थ्यको क्षेत्र अति जोखिममा रहने भएकाले परियोजना मार्फत त्यस्ता जोखिमहरुको समाधान गर्ने प्रयत्न गरिने बताईन ।

‘हामीले विपद्का समयमा राहत बाड्दा कतिपय महिलाहरु एकै ठाउँमा सुत्केरी भएको, नवजात शिशुहरुलाई समस्या हुने गरेको देखेका थियौ । त्यस्तै प्रशव व्यथाहरु पनि सुरु भएको अवस्था थियो’ उनले भनिन् ‘सुरक्षित मातृत्व अन्र्तगत सुरक्षित गर्भ, स्वस्थ बच्चा र सुरक्षित प्रशवलाई लिईने भएकाले त्यो तिन ओटै चरणमा आमाले सुरक्षा पाओस भन्नका लागि यो परियोजना एकदमै महत्वपुर्ण छ ।’ उनले परियोजना अन्तरगत नगरका १२ वटै वडामा करिब २० वटा समुह बनाएर प्रजनन स्वास्थ्य सम्बन्धीका कार्यक्रमहरु गरिने बताईन ।

विपद्मा कुनै पनि महिला तथा किशोरीहरुको सम्पुर्ण रुपमा उपलब्ध हुने गुणस्तरिय प्रजनन् स्वास्थ्य सेवा समयमै प्राप्त गर्ने अधिकार सुनिश्चित गर्नका लागि परियोजना सञ्चालन गर्न लागिएको परियोजनाका फोकल पर्सन रामचन्द्र उपाध्यायले जानकारी दिए । उनले परियोजनाले नगरका स्वास्थ्य सेवा नपुगेका र विपद्को जोखिममा रहेका बस्तीहरुमा पुगेर प्रजनन् स्वास्थय सम्बन्धी विभिन्न जानकारीमुलक कार्यक्रमहरु गर्ने बताए ।

१५ महिनासम्म सञ्चालन हुने परियोजनाका लागि ७१ लाख २० हजार २०० रुपैया बिनियोजित गरिएको उनले बताए । परियोजनाले विपद् प्रभावित बस्ती, सिमान्तकृत समुदाय बसोबास भएको बस्ती, प्रजनन् उमेर समुहका महिला तथा किशोरीहरु धेरै भएका बस्ती र न्यूनतम प्रजनन् स्वास्थ्य सेवामा पहुँच नपुगेका बस्तीहरुमा गएर सेवा दिने बताईएको छ ।

नगरमा उक्त परियोजनाको सञ्चालनका लागि आईतबार सुरुवाती छलफल गरिएको छ । छलफलमा नगरप्रमुख विरेन्द्र भट्ट, उपप्रमुख शारदा रोकाया, प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्री लगायत सम्पुर्ण वडाका वडाध्यक्ष एवम् नगरपालिकाका विभिन्न शाखाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया