ताजा अपडेट
डडेल्धुरा अस्पतालमा प्रोटोकल मिचेर अध्यक्षले पेस्की लिएको खुलासा
डडेल्धुरा । डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाले स्वास्थ्य शिविर सञ्चालन गर्न आफ्नो नाममा पेस्की लिएको खुलासा भएको छ।अध्यक्षले पेस्की लिन नपाइने प्रावधान हुँदाहुँदै अध्यक्ष ओझाले आफ्नो प्रोटोकल मिचेर पेस्की लिएको खुलासा भएको हो।
गत आर्थिक वर्ष २०७९ को साउन महिनामा डडेल्धुरा अस्पतालले सुष्मा कोइराला मेमोरियल अस्पताल काठामाडौंको प्राविधिक सहयोग, रुडुक डडेल्धुराको समन्वय तथा डडेल्धुरा अस्पतालको आयोजनामा शिविर सञ्चालन गरेको थियो। सो शिविर सञ्चालनका लागि अध्यक्ष ओझाले आफ्नो नाममा २१ लाख ८६ हजार रूपैयाँ पेस्की लिएको पाइएको हो।
सो विषयलाई महेन्द्रनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले समेत चासो राखेको छ।
साउन १५ गते अख्तियारले अस्पताललाई पत्र पठाउँदै शिविर सञ्चालनका लागि अध्यक्षले पेस्की लिएको सम्बन्धमा लागत अनुमान स्विकृत कार्यक्रम, प्रतिवेदन, बिल भौचर लगाएतका कागजात पन्ध्र दिन भित्र पठाउन समेत ताकेता गरेको छ।
डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाले स्वास्थ्य शिविर सञ्चालन गर्न आफ्नो नाममा पेस्की लिएको कुरा स्विकार गरेका छन् । स्विकृत भएको रकम गत आर्थिक वर्ष २०७९ को असारमा कार्यालयमा आएको र शिविरको लागि समय नभएकोले बजेट फ्रिज जानबाट रोक्न आफ्नो नाममा पेस्की लिएको उनको भनाई छ।
‘असार अन्तिम तिर बजेट आयो। समय नभएको अवस्थामा शिविर कसरी सञ्चालन गर्ने भनेर छलफल गरियो। कार्यालयमा रहेका कर्मचारीले पनि के के कार्यक्रम गर्ने भनेर पेस्की लिइसकेको अवस्था थियो,’ उनले भने, ‘त्यस्तो अवस्थामा उहाँहरूले पेस्की लिन गाह्रो हुने भयो। यो रकमलाई फ्रिज जानबाट कसरी रोक्ने तरु भन्ने किसीमले हामीले छलफल गरेर मैले आफैले रिस्क मोलेर पेस्की लिएको हुँ।’
शिविर सञ्चालनमा एक रुपैया पनि तलमाथि भए आफू जस्तो सुके कारबाहीको भागेदार हुन तयार रहेको उनको भनाइ छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया