Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०२ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाल फैलिएको आँखा पाक्ने समस्याको मुख्य कारण इन्टेरो भाइरस रहेको पुष्टि

हाल फैलिएको आँखा पाक्ने समस्याको मुख्य कारण इन्टेरो भाइरस रहेको पुष्टि

काठमाडौं । हाल देशभर फैलिरहेको आँखा पाक्ने समस्याको मुख्य कारण इन्टेरो भाइरस भएको प्रारम्भिक जाँचबाट पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भाइरल कन्जक्टिभाइटिस संक्रमणको नमूना परीक्षण गर्दा  इन्टेरो भाइरस संक्रमण देखिएको हो।

यसअघि विभिन्न समयमा फैलिएको आँखा पाक्ने समस्याको कारण ८० प्रतिशत कारक एडिनो भाइरस हुने गरेको थियो।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० वटा भाइरल कन्जक्टिभाइटिस लक्षण भएका व्यक्तिहरुबाट नमूना संकलन गरी जाँच गर्दा अधिकांशमा उक्त भाइरस देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस देखिएको हो।

प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैशीका अनुसार उक्त नमूनाहरुलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आरटी–पीसीआर विधिबाट परीक्षण गरेको थियो। साथै नेपालभरी फैलिरहेको आँखा पाक्ने संक्रामक रोगको मुख्य कारण पत्ता लगाउनका लागी नेपाल नेपाल अप्थाल्मिक सोसाइटी तथा नेपाल नेत्र ज्योति संघसँग  सहकार्य गरेर ७ वटै प्रदेशबाट थप नमूनाहरु संकलन गरी परिक्षण गर्ने  तयारी भइरहेको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैशीले बताएका छन्। 

विभिन्न समयमा संक्रमणको रुपमा फैलिने भाइरल कन्जक्टिभाइटिसको मुख्य कारण भाइरस संक्रमण रहेकोमा ८० प्रतिशत  एडिनो भाइरसको कारणले हुने गरेको छ। आँखा पाक्ने समस्याको कारकमा इन्टेरो भाइरस तथा हरपिस भाइरस पनि हुने गरेका छन्। यसपल्ट इन्टेरो भाइरस बढी देखिएको हो।

प्रतिक्रिया