Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २९ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

हाल फैलिएको आँखा पाक्ने समस्याको मुख्य कारण इन्टेरो भाइरस रहेको पुष्टि

हाल फैलिएको आँखा पाक्ने समस्याको मुख्य कारण इन्टेरो भाइरस रहेको पुष्टि

काठमाडौं । हाल देशभर फैलिरहेको आँखा पाक्ने समस्याको मुख्य कारण इन्टेरो भाइरस भएको प्रारम्भिक जाँचबाट पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भाइरल कन्जक्टिभाइटिस संक्रमणको नमूना परीक्षण गर्दा  इन्टेरो भाइरस संक्रमण देखिएको हो।

यसअघि विभिन्न समयमा फैलिएको आँखा पाक्ने समस्याको कारण ८० प्रतिशत कारक एडिनो भाइरस हुने गरेको थियो।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० वटा भाइरल कन्जक्टिभाइटिस लक्षण भएका व्यक्तिहरुबाट नमूना संकलन गरी जाँच गर्दा अधिकांशमा उक्त भाइरस देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस देखिएको हो।

प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैशीका अनुसार उक्त नमूनाहरुलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आरटी–पीसीआर विधिबाट परीक्षण गरेको थियो। साथै नेपालभरी फैलिरहेको आँखा पाक्ने संक्रामक रोगको मुख्य कारण पत्ता लगाउनका लागी नेपाल नेपाल अप्थाल्मिक सोसाइटी तथा नेपाल नेत्र ज्योति संघसँग  सहकार्य गरेर ७ वटै प्रदेशबाट थप नमूनाहरु संकलन गरी परिक्षण गर्ने  तयारी भइरहेको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैशीले बताएका छन्। 

विभिन्न समयमा संक्रमणको रुपमा फैलिने भाइरल कन्जक्टिभाइटिसको मुख्य कारण भाइरस संक्रमण रहेकोमा ८० प्रतिशत  एडिनो भाइरसको कारणले हुने गरेको छ। आँखा पाक्ने समस्याको कारकमा इन्टेरो भाइरस तथा हरपिस भाइरस पनि हुने गरेका छन्। यसपल्ट इन्टेरो भाइरस बढी देखिएको हो।

प्रतिक्रिया