Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २४ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

डेङ्गी र आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै

डेङ्गी र आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै

डेङ्गी र आँखा पाक्ने रोगको सङ्क्रमण देशभर फैलिएको छ । डेङ्गी सङ्क्रमण ७५ वटा जिल्लामा फैलिसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । सात महिनायता डेङ्गी सङ्क्रमितको सङ्ख्या  १४  हजार  ३५७  पुगेको महाशाखाले जनाएको छ  ।

महाशाखाका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । कोशी प्रदेशमा १० हजार ८१३, बाग्मती प्रदेशमा दुई हजार नौ, गण्डकी प्रदेशमा ६०३,  सुदूरपश्चिम  प्रदेशमा  ४५१,  लुम्बिनी  प्रदेशमा ३०७, मधेस प्रदेशमा १३५ र कर्णाली प्रदेशमा ३९ जनामा डेङ्गी पुष्टि भएको छ ।

डेङ्गी लाग्न नदिनको लागि लामखुट्टेको टोकाइबाट बच्न विज्ञहरुको आग्रह छ । सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन विज्ञहरुले आग्रह गर्दै आएका छन् । 

डेङ्गीसँगै केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण पनि देशभर फैलिएको छ । आँखा रातो हुने र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा तथा चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने, सुन्निने, आँखा बिझाउने तथा घाम वा उज्यालोमा हेर्न गाह्रो हुने लगायतका समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आँखाको सङ्क्रमणका कारण कतिपय ठाउँका विद्यालय बन्द गरिएका छन् । एकदेखि दुई हप्तामा सङ्क्रमण आफैँ निको हुने भएकाले नआत्तिन तथा रोगबाट बच्न सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजान र सङ्क्रमित व्यक्तिलाई भिडभाडमा नजान मन्त्रालयले आग्रह गर्दै आएको छ ।

त्यस्तै, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका टावेल, रुमाल, सिरानी, तन्नालगायतको प्रयोग नगर्न समेत मन्त्रालयले सुझाएको छ । आँखा सफा राख्ने, छुनु अघि वा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुन पनि मन्त्रालयको आग्रह छ ।

प्रतिक्रिया