Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

डेङ्गी र आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै

डेङ्गी र आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै

डेङ्गी र आँखा पाक्ने रोगको सङ्क्रमण देशभर फैलिएको छ । डेङ्गी सङ्क्रमण ७५ वटा जिल्लामा फैलिसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । सात महिनायता डेङ्गी सङ्क्रमितको सङ्ख्या  १४  हजार  ३५७  पुगेको महाशाखाले जनाएको छ  ।

महाशाखाका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । कोशी प्रदेशमा १० हजार ८१३, बाग्मती प्रदेशमा दुई हजार नौ, गण्डकी प्रदेशमा ६०३,  सुदूरपश्चिम  प्रदेशमा  ४५१,  लुम्बिनी  प्रदेशमा ३०७, मधेस प्रदेशमा १३५ र कर्णाली प्रदेशमा ३९ जनामा डेङ्गी पुष्टि भएको छ ।

डेङ्गी लाग्न नदिनको लागि लामखुट्टेको टोकाइबाट बच्न विज्ञहरुको आग्रह छ । सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन विज्ञहरुले आग्रह गर्दै आएका छन् । 

डेङ्गीसँगै केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण पनि देशभर फैलिएको छ । आँखा रातो हुने र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा तथा चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने, सुन्निने, आँखा बिझाउने तथा घाम वा उज्यालोमा हेर्न गाह्रो हुने लगायतका समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आँखाको सङ्क्रमणका कारण कतिपय ठाउँका विद्यालय बन्द गरिएका छन् । एकदेखि दुई हप्तामा सङ्क्रमण आफैँ निको हुने भएकाले नआत्तिन तथा रोगबाट बच्न सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजान र सङ्क्रमित व्यक्तिलाई भिडभाडमा नजान मन्त्रालयले आग्रह गर्दै आएको छ ।

त्यस्तै, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका टावेल, रुमाल, सिरानी, तन्नालगायतको प्रयोग नगर्न समेत मन्त्रालयले सुझाएको छ । आँखा सफा राख्ने, छुनु अघि वा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुन पनि मन्त्रालयको आग्रह छ ।

प्रतिक्रिया

ट्रेन्डिङ