Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

जिल्ला अस्पताल अछाममा दन्त सेवा सुचारु

जिल्ला अस्पताल अछाममा दन्त सेवा सुचारु

कमल रावल, भदौ २० अछाम

जिल्ला अस्पताल मंगलसेन अछाममा दात सम्बन्धीको सेवा सुरु भएको छ । विगत लामो समय देखि संञ्चालनका लागि प्रयास गरिरहेको अस्पतालले हालैमात्र दातको समस्या भएका बिरामीका लागी सेवा संञ्चालन गर्न सकेको हो । दातको सेवा सुचारुका लागि भौतिक संरचना, आवश्यक सामाग्री र जनशक्ति ब्याबस्थापन पनि सेवा सुरु भएको अस्पतालले जनाएको छ । अस्पताल आफैले सेवा संञ्चालन गरेपछि अछामका सेवाग्राहीलाई निकै टेवा पुग्ने जिल्ला अस्पताल अछामका डाक्टर मनोष्ट बिष्टले बताउनु भयो ।

अस्पतालमा १ जना डेन्टल हाईजेनिष्ट नै नियमित रुपमा बिरामीका लागि सेवा दिने उहाँले बताउनु भयो । दातको प्राथमिक उपचार सहीत किराले खाएको, भाचिएको निकाल्ने, फोहार सफा गर्ने लगाएतका समस्या अब सरकारी अस्पतालबाट सेवाग्राहीले सरकारी मापदण्ड अनुसार छुट सहित सेवा पाउने भएका छन । यसअघि जिल्ला अस्पतालमा दातको सेवा नहुदा सेवाग्राहीले मंगलसेन र साफेबगरका निजि क्लिनीकमा उपचार गराउनु पर्ने हुन्थ्यो भने बयालपाटा अस्पतालमा जानु पर्ने अबस्था रहेको थियो । अब जिल्ला अस्पतालमा सेवा सुरु भएकाले लामो समय देखि समस्या भएका सबैलाई अस्पतालमै आउन डाक्टर बिष्टले आग्रह गर्नु भएको छ ।

अस्पतालको लामो प्रयास पछी सफल भएकाले अछामीका लागि समेत खुशिको खबर भएकाले नियमीत सेवा लिनका लागि उहाँले आग्रह गर्नु भएको छ । गरिब, असहाय सहित विपन्न बर्गका लागि दातको उपचारका लागि धेरै पैसा खर्च गर्नुपर्ने बाध्यता अब हटदै जाने उहाँले बताउनु भयो । हरेक नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै ब्याबस्थित गर्दै जाने भएकाले नियमित सेवा लिन आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया