Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

गोलभेंडाको जुस खानुका यस्ता छन् फाइदा

गोलभेंडाको जुस खानुका यस्ता छन् फाइदा

गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ । 

गोलभेंडामा भएको पोटेसियम, भिटामिन सी र लाइकोपिन पर्याप्त मात्रामा हुन्छ र कोलेस्ट्रोल घटाउने तत्त्व पनि हुन्छ । पोषक तत्त्वहरूले भरपूर गोलभेंडाको जुस पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । 

शारीरिक व्यायाम गरेपछि शरीरको ऊर्जा कम हुन्छ । यस ऊर्जाको कमीलाई हटाउन हामीहरू एनर्जी ड्रिंक लिन्छौं तर हराएको ऊर्जालाई फेरि पाउनका लागि सबभन्दा सजिलो तरिका गोलभेंडाको जुस पिउनु नै हो ।

गोलभेंडामा भएका रसायनले व्यायामपछि मांसपेशी तन्किएर दुखेकोलाई शान्त पार्छन् र रक्तसञ्चारलाई पनि सामान्य बनाउँछन् । 

ग्रीसको जनरल केमिकल स्टेट लेबोरेटोरीले गरेको दुई महिनासम्म १५ खेलाडीमाथि गरेको अनुसन्धानमा नौजनालाई गोलभेंडाको जुस पिउन दिइयो भने बाँकी ६ जनालाई एजर्नी ड्रिंक पिउन दिइयो । अनि व्यायामअघि, व्यायामका बेलामा र व्यायामपछि खेलाडीहरूको शारीरिक गतिविधिमा भएको परिवर्तनको अध्ययन गरियो । 

यो अध्ययनले गोलभेंडाको जुस पिउने खेलाडीको मांसपेशी व्यायामपछि एकदमै छिट्टै सामान्य स्थितिमा आएको अनि एनर्जी ड्रिंक पिउनेको चाहिँ यस्तो नभएको पाए । 

यसको अर्थ, तपाईंले व्यायाम गरेपछि गोलभेंडाको जुस पिउनुभएमा थकान हट्छ र ऊर्जावान् अनुभव गर्नुहुन्छ । गोलभेंडाले स्वास्थ्यमा अन्य पनि धेरै फाइदा गर्छ । एजेन्सी
 

प्रतिक्रिया