Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २४ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न

‘हटस्पट’ काठमाडौं : ९० प्रतिशत सक्रिय संक्रमित घरमै, १ सय २१ को मृत्यु

‘हटस्पट’ काठमाडौं : ९० प्रतिशत सक्रिय संक्रमित घरमै, १ सय २१ को मृत्यु

काठमाडौंमा कोरोना संक्रमण लगातार बढिरहेको छ। दैनिक थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंका हुन थालेका छन्।  अहिले उपत्यकामा प्रत्येक दिन २ हजारभन्दा बढी संक्रमित थपिन थालेका छन्। यो हप्ता लगातार उच्च विन्दुमा संक्रमित काठमाडौंमा थपिएका छन्। देशभरका संक्रमितको करिब ७० प्रतिशत काठमाडौं उपत्यकामा भेटिन थालेका हुन्।  काठमाडौंमा अहिले ५६ हजार ३ सय १५ संक्रमित छन्। 

काठमाडौंका कूल संक्रमितमध्ये  महानगरपालिकामा मात्र २२  हजारभन्दा बढी छन्। महानगरमा कात्तिक ७ गतेसम्म कोरोना संक्रमितको संख्या २२ हजार ३ सय ५० पुगेको छ। १ सयभन्दा धेरै पहिचान नखुलेका संक्रमित छन्। ज्यान गुमाउनेको संख्या १२१ पुगेको छ। महानगरका सवै वडामा संक्रमित संख्या एक सयभन्दा माथि पुग्न लागेको छ।  सवै वडाका संक्रमितले ज्यान गुमाइरहेका छन्। 

९० प्रतिशतसंक्रिय संक्रिमत होम आइसोलेनमा 
महानगरका सबै वडामा संक्रमण फैलिइसकेको छ। महानगरको स्वास्थ्य शाखाका अनुसार होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढिरहेको छ भने अस्पताल र संस्थागत आइसोलेसनमा बस्नेको संख्या घटिरहेको  छ।  कात्तिक ७ गतेसम्मको तथ्यांक अनुसार महानगरमा सक्रिय संक्रमितको संख्या ९४४६ छ। तीमध्ये  ८ हजार ५ सय ७ जना होम आइसोलेसनमा छन्।  यो कुल सक्रिय संक्रमितको ९० प्रतिशत हो । 

यस्तै, अस्पतालमा ५ सय ८५ जना संक्रमित छन् भने संस्थागत आइसोलेसनमा ३ सय ५४जना रहेको महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ।

हालसम्म महानगरमा १२ हजार ७ सय ८३ जना संक्रमणमुक्त भएका छन्। महानगरले ३२ हजार ८७ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ। तीमध्ये १० प्रतिशत अर्थात् ४ हजार ४ सय २४ जनाको रिपोर्ट पोजेटिभ आएको  छ।

काठमाडौं महानगरका ३०  वटा वडामा २ सयभन्दा बढी संक्रमित छन्।  सबैभन्दा धेरै वडा नम्बर १५ स्वयम्भुमा छन्। स्वयम्भुमा  १६ सय २०  जनामा संक्रमण पुष्टि भएको छ भने ९ जनाको  मृत्यु  भएको छ।  सँगै रहेको वडा नं  १६ बालाजुमा १६ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ ७ जना संक्रमितले ज्यान गुमाएका छन्। 

कुन वडामा कति संक्रमित ? (कात्तिक ७ गतेसम्मको तथ्यांकका आधारमा )
    वडा नं १  नक्साल ४०२,     मृत्यु  १
    वडा न. २ लाजिम्पाट २९९,     मृत्यु ३
    वडा नं ३ महारागञ्ज ११३९,    मृत्यु २
    वडा नं ४ धुम्वाराही ८५८,    मृत्यु ९
    वडा न. ५  हाँडीगाउँ ४३२,   मृत्यु ६ 
    वडा नं ६ बौद्ध ७०७,        मृत्यु ९
    वडा नं ७  मित्रपार्क  ८६६,       मृत्यु ६
    वडा नं ८ जयवागेश्वरी ४३४,     मृत्यु ३ 
    वडा नं ९ गौशाला १०२४, मृत्यु २
    वडा नं १० बानेश्बर १०८१,    मृत्यु ५
    वडा नं ११ त्रिपुरेश्वर ८३८,    मृत्यु ५ 
    वडा नं १२  टेकु ३१०,   मृत्यु ४
    वडा नं १३ कालिमाटी १००३,  मृत्यु  ४
    वडा नं १४ कलंकी १३३२,  मृत्यु ४
    वडा नं १५ स्वायम्भु १६२०,   मृत्यु ९
    वडा नं  १६ बालाजु १६९८,     मृत्यु ७
    वडा नं १७ खुसीबुँ ४९३,       मृत्यु ४
    वडा नं  १८ नरदेवी १५२,   मृत्यु १
    वडा नं  १९ कंकेश्वरी १४०,   मृत्यु १
    वडा नं २० भीमसेनस्थान २२२, मृत्यु ५
    वडा नं २१  लगन २२८,    मृत्यु ४
    वडा नं २२ संकटा १९३,   मृत्यु ४
    वडा नं २३ ओमबहाल २२४,  मृत्यु ३
    वडा नं २४ मखन १४०, मृत्यु ०
    वडा नं २५ नःघल २७७,    मृत्यु ४
    वडा नं २६ लैनचौर ९५५, मृत्यु २
    वडा नं २७ इनबहाल ४२९,   मृत्यु ४
    वडा नं २८ बागवजार ६५४ ,     मृत्यु १ 
    वडा नं २९ डिल्लीबजार ७९६,   मृत्यु १
     वडा नं ३० ज्ञानेश्वर ४५८,   मृत्यु ३
    वडा नं ३१ शान्तिनगर ९७७,   मृत्यु २
    वडा नं  ३२  कोटेश्वर १४२३, मृत्यु  ३ 
    नखुलेको १४०
कूल
मृत्यु १२१
कुल संक्रमित २२३५० 
होम आइसोलेनमा ८५०७
संस्थागत आइसोलेनमा ३५४
अस्पतालमा ५८५
कन्ट्याक्ट ट्रेसिङ ३२०८७

प्रतिक्रिया