ताजा अपडेट
सरकार र विप्लव समूहबीच एकैदिन दुई चरणको वार्ता सम्पन्न

काठमाडौँ – सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच आज एकै दिन दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको छ।
आज बुधबार बिहान पहिलो चरणको वार्ता गरेका टोलीले अपरान्ह दोस्रो चरणको वार्ता पनि सम्पन्न गरेका छन्।
सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईका अनुसार दोस्रो चरणको वार्ता विषय केन्द्रित भएको र दुवै पक्षबीच समान धारणानिकट पुगेका छन्।
‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो,’ भट्टराईले भनेका छन्, ‘वार्ता विषय केन्द्रित भएको, दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।’
सम्बन्धित समाचार
ताजा अपडेट
-
खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
प्रतिक्रिया