Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

श्रञ्द्धाञ्जली सभामै देउवा पौडेल जुहारीः ‘सानो चित्त नगर्नुहोस् रामचन्द्रजी’

श्रञ्द्धाञ्जली सभामै देउवा पौडेल जुहारीः ‘सानो चित्त नगर्नुहोस् रामचन्द्रजी’

काठमाडौँ – प्रमुख विपक्षी नेपाली कांग्रेसको शीर्ष नेतृत्वले संसद पुनर्स्थानापछि अब बन्ने नयाँ सरकारमा सहभागी हुने संकेत गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री डा। शशांक कोइरालाले चीतवनबाट सरकारमा सहभागी हुने संकेत गरेका हुन्।

तर आफ्नो औकात सम्झेर कांग्रेसले यतिबेला प्रतिपक्षकै भूमिका बलियो गरी निर्वाह गर्नुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको अडान छ।

संसद विघटनविरुद्धको आन्दोलनमा एकढिक्का बन्न नसकेको कांग्रेस पुनर्स्थापनापछि नयाँ सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा पनि विभाजित बनेको हो।

सरकारमा जाने नजाने विषयमा सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच कांग्रेसका पूर्व सांसद एकनाथ रानाभाटको श्रञ्द्धाञ्जली सभामै जुहारी परेको छ।

दुवै जनाले ‘हुन त राजनीति भाषण गर्ने कार्यक्रम होइन’ भन्दै एक अर्काको आलोचना गर्नुभयो।

वरिष्ठ नेता पौडेलले सजग र इमान्दार भएर कांग्रेसले हैसियत अनुसारको विपक्षीको भूमिका निर्वाह गरेमा लोकतन्त्रको रक्षा हुने बताउनुभयो।

नेपाली कांग्रेसले जनताबाट विपक्षमा बस्ने जिम्मेवारी पाएको भन्दै त्यही भूमिकालाई जिम्मेवारीपूर्वक निभाउनुपर्ने उहाँको भनाइ छ।

आफ्नो औकात र हैसियतभन्दा बढी आकांक्षा राख्नु विकृति हुने भन्दै उहाँले हैसियतभन्दा बढी आकांक्षा नराख्न देउवालाई आग्रह गर्नुभयो।

लगत्तै मञ्चमा पुग्नुभएका सभापति देउवाले हुन त यो राजनीतिक कुरा गर्ने ठाउँ होइन, राजनीतिक कुरा उठिहाल्यो, रामचन्द्र जी बोलिहाल्नुभयो अब के गर्ने समस्या भैहाल्यो भन्दै कुरा अघि बढाउनुभयो।

उहाँले कांग्रेसलाई पदको लोभ नभएको तर टाउकोमा आए जिम्मेवारीबाट नभाग्ने बताउनुभयो । प्रधानमन्त्री पाऊँ भनेर आफूले नभनेको तर जिम्मेबारी आयो भने त्यसबाट नभाग्ने देउवाले बताउनुभयो।

सभापति देउवाले वरिष्ठ नेता पौडेललाई कांग्रेसले प्रधानमन्त्री पायो भने पार्टीलाई फाइदा नै हुने भएकोले सानो चित्त नबनाउनु आग्रह गर्नुभयो।

राजनीतिमा के आउँछ, कस्तो आउँछ व्यहोर्दै जानुपर्छ, जिम्मेवारीबाट पन्छिन हुँदैन भन्दै देउवाले चिन्ता नगर्न पौडेललाई आग्रह गर्नभुयो।

देउवा यसो भनिरहँदा पौडेल भने उहाँलाई हेरेर मुसुमुसु हाँसिरहनुभएको थियो।

अहिले सम्म नयाँ सरकार गठनको विषयमा मौन रहेका देउवाले प्रधानमन्त्री बन्न पछि नहट्ने प्रतिक्रिया दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यता सोही कार्यक्रममा चितवन पुगेका कांग्रेस महामन्त्री डाक्टर शशांक कोइरालाले पनि कांग्रेस सरकारमा सहभागी हुनुपर्ने बताउनुभएको छ।

उहाँले भने नेकपाको प्रचण्ड माधव समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्ने धारणा सार्वजनिक गर्नुभएको हो।

नेकपालाई फुटाउनका लागि भए पनि प्रचण्ड–माधव समूहसँग मिलेर सरकारमा जानुपर्ने उहाँले बताउनुभयो।

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बस्दै छ।

प्रतिनिधिसभाको बैठक हुनु भन्दा दुई दिन अगाडि कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ।

उक्त बैठकमा नयाँ सरकार गठनका विषयमा कांग्रेसले ठोस निर्णय लिन सक्ने बताइएको छ।

कांग्रेसले आफ्ना सांसदहरुलाई उपत्यका नछाड्न पनि निर्देशन दिएको छ।

प्रतिक्रिया