Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

वनमन्त्री आलेलाई महासंघको चुनौती: एक अर्ब रुपैयाँ अफर गर्नेको नाम खोल्नुहोस्

वनमन्त्री आलेलाई महासंघको चुनौती: एक अर्ब रुपैयाँ अफर गर्नेको नाम खोल्नुहोस्

काठमाडौँ– नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले वैज्ञानिक वन व्यवस्थापन खारेज नगर्नको लागि काठ व्यवसायीबाट एक अर्व रुपैयाँको अफर आएको भन्ने वनमन्त्री प्रेम आलेको अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको नजाएको छ।

महासंघले बुधबार विज्ञप्ति जारी गरेर त्यस्तो प्रलोभन दिने व्यासायीको नाम सार्वजनिक गर्न चुनौती दिएको हो।

‘यदी कसैले त्यस्तो लेनदेनको कुराहरु गरेको छ भने निजहरुको नाम सार्वजनिक गर्न अनुरोध गर्दै नियमानुसार कडाभन्दा कडा कारबाहीको लागि यस महासंघ जोडदार माग गर्दछ,’ महासंघका अध्यक्ष श्याम सुन्दर ढकाल र महासचिव अनिल कुमार रञ्जितद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

साथै महासंघले यस्ता अफवाहको पछाडि नलाग्न पनि अपिल गरेको छ।

विद्यमान कानुनको परिधिभित्र रहेर उद्योग व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने महासंघको मान्यता रहेको विज्ञप्तिमा उल्लेख छ। वनको संरक्षण, व्यस्थापन र उत्पादन गर्दै देशमा वन पैदावारका आपूर्ति व्यस्था सहज बनाउन लागिरहेको महासंघको भनाइ छ।

मंगलबार काठमाडौँमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाइएको दावी गरेका थिए।

प्रतिक्रिया