Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

वनमन्त्री आलेलाई महासंघको चुनौती: एक अर्ब रुपैयाँ अफर गर्नेको नाम खोल्नुहोस्

वनमन्त्री आलेलाई महासंघको चुनौती: एक अर्ब रुपैयाँ अफर गर्नेको नाम खोल्नुहोस्

काठमाडौँ– नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले वैज्ञानिक वन व्यवस्थापन खारेज नगर्नको लागि काठ व्यवसायीबाट एक अर्व रुपैयाँको अफर आएको भन्ने वनमन्त्री प्रेम आलेको अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको नजाएको छ।

महासंघले बुधबार विज्ञप्ति जारी गरेर त्यस्तो प्रलोभन दिने व्यासायीको नाम सार्वजनिक गर्न चुनौती दिएको हो।

‘यदी कसैले त्यस्तो लेनदेनको कुराहरु गरेको छ भने निजहरुको नाम सार्वजनिक गर्न अनुरोध गर्दै नियमानुसार कडाभन्दा कडा कारबाहीको लागि यस महासंघ जोडदार माग गर्दछ,’ महासंघका अध्यक्ष श्याम सुन्दर ढकाल र महासचिव अनिल कुमार रञ्जितद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

साथै महासंघले यस्ता अफवाहको पछाडि नलाग्न पनि अपिल गरेको छ।

विद्यमान कानुनको परिधिभित्र रहेर उद्योग व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने महासंघको मान्यता रहेको विज्ञप्तिमा उल्लेख छ। वनको संरक्षण, व्यस्थापन र उत्पादन गर्दै देशमा वन पैदावारका आपूर्ति व्यस्था सहज बनाउन लागिरहेको महासंघको भनाइ छ।

मंगलबार काठमाडौँमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाइएको दावी गरेका थिए।

प्रतिक्रिया