Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रधानमन्त्री ओलीद्धारा चिडियाखाना पुगेर एउटा गैंडाको खाना र उपचारको जिम्मा लिने प्रतिबद्धता

प्रधानमन्त्री ओलीद्धारा चिडियाखाना पुगेर एउटा गैंडाको खाना र उपचारको जिम्मा लिने प्रतिबद्धता

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैंडाको एक वर्षको खाना, उपचारलगायतको पालनपोषणको सम्पूर्ण जिम्मा लिनुभएको छ ।

नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा सदर चिडियाखानाको रजत महोत्सवको अवसरमा बुधवार ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एडप्ट एन एनिमल कार्यक्रम अन्तर्गत एउटा गैंडाको वर्षभरिको सम्पूर्ण खर्चको जिम्मा लिनुभएको हो ।

उहाँले चिडियाखानालाई सरकारकातर्फबाट ४ वटा विद्युतीय बग्गी उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्दै विभागीय मन्त्रीलाई त्यसको व्यवस्था गर्न निर्देशन पनि दिनुभयो । बुढाबुढी अशक्तलाई चिडियाखाना घुम्न सहज बनाउनका लागि पनि विद्युतीय बग्गी अत्यावश्यक भएको उहाँले बताउनुभयो । आफूले कोभिड रहुञ्जेल तलब नलिने घोषणा गरेकाले एक महिनाको गैंडाको खाना बराबर श्रीमती राधिका शाक्यको पेन्सनबाट उपलब्ध गराउने प्रतिबद्धता पनि प्रधानमन्त्रीले जनाउनुभयो ।

मानिसलाई सहयोग गर्न मानिसहरु तयार रहे पनि जनावरलाई सहयोग गर्ने पद्धतिको विकास नभएको र त्यसको विकासका लागि एडप्ट एन एनिमल कार्यक्रम सहयोगी हुने बताउनुभयो । कार्यक्रममा कोषका सदस्य सचिव शरदराज अधिकारीले कोषले सरकारको लक्ष्यअनुसार संरक्षित क्षेत्रको संरक्षण तथा विस्तारमा उत्साहका साथ काम गरिरहेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको संरक्षित क्षेत्र बढाएर अहिलेको २३ प्रतिशतबाट ३० प्रतिशत पुर्याउने कुरा बताउँदै आएको प्रधानमन्त्रीको उद्घोषलाई कार्यान्वयन गर्ने विषयमा कोषको भूमिका अझै बढेर जाने बताउनुभयो । प्रधानमन्त्रीको उद्घोष कार्यान्वयन गर्न कोष उत्साहका साथ लाग्ने प्रतिबद्धता पनि उहाँले जाहेर गर्नुभयो ।  

कार्यक्रममा  एडप्ट एन एनिमल कार्यक्रम अन्तर्गत एउटा एक सिङ्गे गैंडाको एक वर्षको अभिभावकत्व प्रधानमन्त्री पत्नी राधिका शाक्यले गर्नुभएको छ । त्यसैगरी वन तथा वातावरणमन्त्री प्रेम आलेले एउटा हात्ती, नारायणी हस्पिटालिटी सर्भिशेस प्रालिले एउटा सारस, कन्टेन्टल ट्रेडिङ अदिति घिमिरेले एउटा रेडपाण्डा, काष्ठमण्डप इभेन्टका सुनिल भण्डारीले एउटा सारस, लक्ष्मी बैंकले एउटा लाटोकोसेरो, मेगा बैंकले एउटा डाँफे र १० वर्षका विभन सिंह बस्नेतले एउटा लभवर्डको अभिभावकत्व लिनुभएको छ ।

यसरी अभिभावकत्व लिने सबैले आफ्नो संरक्षणमा रहेका जनावर  तथा पक्षीको वर्षभरिका पालनषोषण, औषधोपचारलगायत सम्पूर्ण खर्च ब्यहोर्नु पर्नेछ । 

प्रतिक्रिया