ताजा अपडेट
ओली पक्षीय नेकपाको संसदीय दलको बैठक बस्दै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक आज बस्दैछ। बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।
बैठकमा आइतबार बस्ने प्रतिनिधिसभाको अधिवेशनलाई कसरी प्रभावकारी बनाउने, त्यहाँ आउनसक्ने सम्भावित एजेण्डाहरुमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने ओली पक्षीय नेकपाका प्रमुख सचेतक विशाल भट्टराइले बताए। बैठकमा नेकपाको प्रचण्ड–माधव समूहमा रहेका सबै सांसदलाई पनि निम्तो दिइएको उनले जानकारी दिए। पार्टी एकताको अभियानमा रहेका उपाध्यक्ष वामदेव गौतमलाई पनि प्रधानमन्त्रीले शुक्रबार बेलुकी भेटेर आजको संसदीय दलको बैठकमा आउन आग्रह गरेका छन्।
तर, प्रचण्ड–माधव समूहले शुक्रबार नै आफ्नो पक्षका सांसदहरुको बैठक बसेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरिसकेको छ। यो समूहले आफ्नो पक्षमा १११ जना सांसद रहेको दाबी गरेको छ।
प्रचण्ड–माधव समूह प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने गृहकार्यमा जुटिसकेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया