Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

ओली पक्षीय नेकपाको संसदीय दलको बैठक बस्दै

ओली पक्षीय नेकपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक आज बस्दैछ। बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।

बैठकमा आइतबार बस्ने प्रतिनिधिसभाको अधिवेशनलाई कसरी प्रभावकारी बनाउने, त्यहाँ आउनसक्ने सम्भावित एजेण्डाहरुमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने ओली पक्षीय नेकपाका प्रमुख सचेतक विशाल भट्टराइले बताए। बैठकमा नेकपाको प्रचण्ड–माधव समूहमा रहेका सबै सांसदलाई पनि निम्तो दिइएको उनले जानकारी दिए। पार्टी एकताको अभियानमा रहेका उपाध्यक्ष वामदेव गौतमलाई पनि प्रधानमन्त्रीले शुक्रबार बेलुकी भेटेर आजको संसदीय दलको बैठकमा आउन आग्रह गरेका छन्।

तर, प्रचण्ड–माधव समूहले शुक्रबार नै आफ्नो पक्षका सांसदहरुको बैठक बसेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरिसकेको छ। यो समूहले आफ्नो पक्षमा १११ जना सांसद रहेको दाबी गरेको छ।

प्रचण्ड–माधव समूह प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने गृहकार्यमा जुटिसकेको छ।

प्रतिक्रिया