Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सर्वोच्चको फैसलाले राजनीतिमा कालो बादल

सर्वोच्चको फैसलाले राजनीतिमा कालो बादल

काठमाडौँ – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्र व्यूँताएपछि नेपालको राजनीति फेरि एक पटक अनिश्चयको भूमरीमा फसेको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादमा ऋषि कट्टेल नेतृत्वको नेकपा नै आधिकारिक ठहर गर्दै सर्वोच्चले एमाले र माओवादीको एकतालाई नै बदर गरिदिएपछि राजनीतिमा फेरि कालो बादल मडारिएको हो।

संविधानविद ओमप्रकाश अर्यालले सर्वोच्चको आजको फैसला अनिष्टकारी रहेको दाबी गर्नुभयो । उहाँले एमाले माओवादीको एकता नै बदर गर्ने अदालतको फैसलाले राष्ट्रिय राजनीतिलाई चक्रव्यूहमा फसाएको बताउनुभयो।

पार्टीको नाम प्रयोग गरिएको भन्दै परेको मुद्दामा एकीकरणलाई नै बदर गर्ने अदालतको फैसला कानुनी भन्दा धेरै राजनीतिप्रेरित रहेको उहाँको जिकिर छ।

एमाले र माओवादीको एकता बदर गर्ने सर्वोच्चको फैसलाको प्रारम्भिक प्रतिक्रिया हेर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह उत्साहित देखिएको छ भने प्रचण्ड–माधव समूहले यसलाई अनपेक्षित भनेको छ।

नेता भीम रावलले एकीकरण बदर गर्न अदालतबाट भएको फैसला कानुनी हो कि राजनीतिक भनेर गम्भीर विचार विमर्ष गर्नुपर्ने बताउनुभयो।

उहाँले अदालतको आजको फैसलापछि सरकारको वैद्यता समेत गुमेको बताउँदै प्रधानमन्त्रीले आफू कुन पार्टीको हुँ भनेर सदनलाई जानकारी गराउनुपर्ने माग गर्नुभयो।

सर्वोच्च अदालतले साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकीकरण गर्न चाहेमा राजनीतिक दलसम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नू गराउनू भनेर निर्वाचन आयोगको नाममा परमादेश जारी गरेको छ।

तर अब तत्कालीन एमाले र माओवादीले एकता प्रक्रियालाई फेरि शून्यबाट सुरु गर्न सम्भव नै नरहेको संविधानविद अर्यालको दाबी छ। दल एकीकरण भएर निर्वाचनमा पनि भाग लिइसकेको अवस्थामा दुई पार्टी पूर्ववत अवस्थामा फर्कनै नमिल्ने बताउनुभयो।

यता अदालतले आधिकारिकता प्रदान गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष ऋषि कट्टेलले आफूहरुलाई ढिलो भए पनि न्याय मिलेकोमा खुशी व्यक्त गर्नुभयो।

सत्ताको आडमा आफूहरुलाई पेल्न खोजे पनि अहिले ओली र प्रचण्डहरुको हार भएको उहाँले बताउनुभयो। यी दुवै समूहसँग आफ्नो पार्टीको एकता अथवा नामका लागि अन्य कुनै बार्गेनिङ नहुने कट्टेलले बताउनुभयो।

सर्वोच्चको फैसलापछि उत्साहित बनेको केपी ओली समूहका कार्यकर्ताले एमाले व्यूँतिएको भन्दै काठमाडौँमा खुशीयाली जुलुस निकालेका छन्। सामाजिक सञ्जालमा पनि पूर्व एमालेका नेता कार्यकर्ताहरुले उत्साहित प्रतिक्रिया जनाइरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसलालाई मानेर अघि बढ्ने बताउनुभएको छ। प्रचण्ड–माधव समूहले भने अदालतको फैसलापछि उत्पन्न जटिलताबारे कानुनविदहरुसँग परामर्श गरिरहेको छ। -nepaliradionetwork

प्रतिक्रिया