Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

ओली पक्षले थाल्यो एमाले पुनःस्थापना

ओली पक्षले थाल्यो एमाले पुनःस्थापना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष पूर्व एमाले पुनःस्थापनामा लागेको छ । सर्वोच्च अदालतले नेकपा नामको विवादमा आइतबार गरेको फैसला लगत्तै ओली समूह नेकपा एमाले पुनःस्थापनामा लागेको हो । 

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच एकता भएर तीनवर्ष अघि नेकपा बनेको थियो ।

आइतबार नै बसेको आफू पक्षीय संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले छिट्टै एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने बताएका थिए । उनले अदालतको फैसला कार्यान्वयन गर्दै एमाले ब्यूत्याउने बताएका थिए ।  


त्यसको भोलिपल्टै विभिन्न स्थानमा नेकपाको कार्यालयमा रहेको बोर्ड हटाएर एमालेको बोर्ड राख्न थालिएको छ ।

मोरङमा संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री मन्त्री भानुभक्त ढकालको उपस्थितिमा एमालेको बोर्ड राखिएको छ । एमाले र माओवादीको एकीकरण भएपछि मदन स्मृति भवनमा पार्टीको कार्यालय संचालनमा आएको थियो । तर, सोमबार एमालेको बोर्ड टांगिएको छ ।


त्यस्तै नुवाकोटमा पनि ओली पक्षका कार्यकर्ताले पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेका छन् । तत्कालीन एमालेका नुवाकोट उपाध्यक्ष एवं वाग्मती प्रदेश सांसद बद्री मैनालीको नेतृत्त्वमा बोर्ड राखिएको हो ।

त्यसैगरी, ओली समूहले धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पनि नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राख्ने तयारी गरेको छ । कार्यालयका सचिव ईश्वरी रिजालले मंगलबार अथवा बुधवार बोर्ड राख्ने जानकारी दिए ।

“भोलि या पर्सीसम्ममा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राख्छौं”, उनले   भने । एमाले र माओवादी एकीकरण अघि धुम्बाराही नेकपा एमालेको कार्यालय थियो । पार्टी एकतापछि धुम्बाराहीमा केन्द्रीय कार्यालय बनाइएको थियो ।

प्रतिक्रिया