Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

संघीय शिक्षा ऐन ल्याउने तयारी भइरहेको छ : मन्त्री श्रेष्ठ

संघीय शिक्षा ऐन ल्याउने तयारी भइरहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– शिक्षा,विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको बताएका छन् ।

वि.स २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले शिक्षाका क्षेत्रका सबै विषय समेट्नेगरी संघीय शिक्षा ऐनको तयारी भैरहेको बताएका हुन् ।

चन्द्रागिरी नगरपालिका–१५ नैकापमा निर्माण हुन लागेको विष्णुदेवी माविको भवन सिलान्यासपछि बोल्दै यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठ र भारतीय राजदूतावासका काउन्सिलर प्रफुल्ल चन्द्र शर्माले संयुक्त रुपमा विद्यालय भवनको सिलान्यास गरेका थिए ।

जनताका छोराछोरीलाई सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले त्यसको लागि सरकारी विद्यालयको सुधार आवश्यक रहेको बताए ।

सोही क्रममा मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा भएको स्पष्ट पारे ।

२०७२ सालको भूकम्बाट क्षतिग्रस्त विद्यालय पुन निर्माणमा भारत सरकारको सहयोग महत्त्वपूर्ण रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्ध मजबुत भएको बताए ।

उनले भने, ‘भारतले करीब ७० विद्यालय पुननिर्माण गरिरहेको छ, २८ आंगिक क्याम्पस बनाउने तयारी गरेको छ यस्को लागि नेपाल सरकारको तर्फबाट आभार व्यक्त गर्दछु ।’

उनले विदेशमा सरकारी विद्यालयलाई पहिलो प्राथमिकता दिने गरेको उल्लेख गर्दै अब नेपालमा पनि सरकारी विद्यालयलाई व्यवस्थित बनाउनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै काउन्सिलर शर्माले नेपालको विद्यालय पुननिर्माणमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

नेपाल र भारत बीचको सम्बन्धलाई थप मजबुत बनाउन यस किसिमको सहयोग निरन्तर रहनेछ शर्माले बताए । भारत सरकारको करीब साढे ६ करोड ४८ लाख रुपियाँ लागतमा निर्माण शुरु हुने सो विद्यालय भवन ३२ कोठे हुनेछ ।

ठेकेदार कम्पनीले १५ महिनामा सम्पन्न गर्नुपर्नेछ । मन्त्री श्रेष्ठले १५ नभै १३ महिना नै निमार्ण सम्पन्न गरी हस्तान्तरण गर्न ठेकेदार कम्पनीलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया