Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

भीम​ रावललाई ओलीको जवाफ– म कुन पार्टीको हो सर्वोच्चलाई सोध्नुस्

भीम​ रावललाई ओलीको जवाफ– म कुन पार्टीको हो सर्वोच्चलाई सोध्नुस्

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीबारे जान्न सर्वोच्च अदालतलाई सोध्न व्यङ्ग्यात्मक आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित १११औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । ‘उहाँहरूले मलाई नेकपाको साधारण सदस्यबाट पनि निकाल्नुभएको थियो,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘म साधारण सदस्य पनि होइन नेकपाको, अदालतले भन्यो म कुन पार्टीको सदस्य हो भनेर । कुन पार्टीको अध्यक्ष हो भनेर अदालतले भनेको सुन्नुभएन र?’

यसअघि आइतबार शुरु भएको पुनःस्थापित प्रतिनिधि सभाको बैठकमा विपक्षी नेकपाका नेता भीम रावलले ‘प्रधानमन्त्री कुन पार्टीको हो र?’ भनि प्रश्न गरेका थिए । रावललाई जवाफ दिने इरादास्वरुप प्रधानमन्त्री ओलीले यस्तो व्यङ्ग्यात्मक आग्रह गरेका हुन् ।

यस्तै प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुले धामी नाच देखाएको पनि बताएका छन् । प्रमख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरुप्रति इङ्गित गर्दै बोलेका प्रधानमन्त्रीले भनेका छन्, ‘हिजो गज्जबको सेटिङ् देखियो । के भन्दाखेरि एसिड आक्रमणकारीलाई सजाय गर्ने अध्यादेश पेश हुन नदिने । नाराबाजी गर्या छ, उफ्र्या छ । धामी नाँच हो कि, के हो बुझ्नै सकिएन ।’

प्रतिक्रिया