Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भीम​ रावललाई ओलीको जवाफ– म कुन पार्टीको हो सर्वोच्चलाई सोध्नुस्

भीम​ रावललाई ओलीको जवाफ– म कुन पार्टीको हो सर्वोच्चलाई सोध्नुस्

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीबारे जान्न सर्वोच्च अदालतलाई सोध्न व्यङ्ग्यात्मक आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित १११औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । ‘उहाँहरूले मलाई नेकपाको साधारण सदस्यबाट पनि निकाल्नुभएको थियो,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘म साधारण सदस्य पनि होइन नेकपाको, अदालतले भन्यो म कुन पार्टीको सदस्य हो भनेर । कुन पार्टीको अध्यक्ष हो भनेर अदालतले भनेको सुन्नुभएन र?’

यसअघि आइतबार शुरु भएको पुनःस्थापित प्रतिनिधि सभाको बैठकमा विपक्षी नेकपाका नेता भीम रावलले ‘प्रधानमन्त्री कुन पार्टीको हो र?’ भनि प्रश्न गरेका थिए । रावललाई जवाफ दिने इरादास्वरुप प्रधानमन्त्री ओलीले यस्तो व्यङ्ग्यात्मक आग्रह गरेका हुन् ।

यस्तै प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुले धामी नाच देखाएको पनि बताएका छन् । प्रमख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरुप्रति इङ्गित गर्दै बोलेका प्रधानमन्त्रीले भनेका छन्, ‘हिजो गज्जबको सेटिङ् देखियो । के भन्दाखेरि एसिड आक्रमणकारीलाई सजाय गर्ने अध्यादेश पेश हुन नदिने । नाराबाजी गर्या छ, उफ्र्या छ । धामी नाँच हो कि, के हो बुझ्नै सकिएन ।’

प्रतिक्रिया