Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

एमालेको सुदूरपश्चिम इञ्चार्ज भट्टलाई बनाउने तयारी

एमालेको सुदूरपश्चिम इञ्चार्ज भट्टलाई बनाउने तयारी

काठमाडौँ – नेकपा एमालेको सुदुरपश्चिम इञ्चार्जमा नयाँ विवाद उत्पन्न भएको छ । माओवादीबाट सुदुरपश्चिम इञ्चार्ज उद्योगमन्त्री लेखरजा भट्ट रहेका थिए भने एमालेबाट भीम रावल सुदुरपश्चिम इञ्चार्ज छन् । भट्ट पनि एमालेमा आएसँगै उक्त प्रदेशमा इञ्चार्जबारे नयाँ विवाद देखा परेको छ ।


बुधबार सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा एमालेको साइबोर्ड राख्ने क्रममा केपी ओली पक्ष र माधव नेपाल पक्षबीच झडप भएको छ । ओली पक्षका कार्यकर्ताहरुले पार्टी कार्यालयमा लेखराजको नेमप्लेट राखेका थिए । नेपाल पक्षका कार्यकर्ताहरूले रावलको नेमप्लेट राखेपछि   झडप भएको हो । संसद विघनपछि केपी शर्मा ओलीका विश्वास पात्र बनेका भट्ट सुदुरपश्चिम इञ्चार्ज बन्ने चर्चा सुरू भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि प्रचण्डले धनगढी पुगेर भीम रावललाई ‘सुदूरपश्चिमको नेता तपाईँ नै हो’ भनेका थिए । । त्यसयता भट्ट प्रचण्डसँग टाढिँदै आएका थिए । भट्ट प्रचण्डलाई छोडेर अहिले एमालेतर्फ लागिसकेका छन् ।

प्रधानमन्त्री ओलीले संगठन विस्तारका क्रममा नेकपा सुदूरपश्चिम इन्चार्ज भट्टलाई नै तोकेका थिए । भट्ट पार्टी ब्युँतिनुपूर्व नेकपाका सुदूरपश्चिम प्रदेशको इन्चार्ज थिए ।

स्रोतका अनुसार प्रतिनिधिसभा विघटनकाविरुद्धमा खरो उत्रिएका नेता रावललाई हटाएर प्रधानमन्त्री ओलीले भट्टलाई इञ्चार्जको जिम्मेवारी दिने तयारी गरेका छन् । पछिल्लो समय भट्ट ओली निकट मानिन्छन् । संसद विघटन असंवैधानिक कदम भन्दै रावलले प्रधानमन्त्रीको चर्को विरोध गरेका थिए । त्यतिमात्र होइन सुदुरपश्चिम गएका प्रधानमन्त्रीलाई  रावलले विभिन्न आरोपसमेत लगाएका थिए ।

‘भीम रावलका पछिल्ला गतिविधिले प्रधानमन्त्री रुष्ट हुनुहुन्छ । त्यसैले उहाँले लेखराजलाई ईञ्चार्ज बनाउने सम्भावना बढेको छ’, ओली निकट एक नेताले भने ।-kathmandupati

प्रतिक्रिया