Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

प्रदेश इञ्चार्जमा लेखराजको नाम राखेपछि भीम रावलको ईश्वर पोखरेल र विष्णु पौडेललाई फोन

प्रदेश इञ्चार्जमा लेखराजको नाम राखेपछि भीम रावलको ईश्वर पोखरेल र विष्णु पौडेललाई फोन

काठमाडौँ  – सुदूरपश्चिम प्रदेश इञ्चार्जमा लेखराज भट्टको नाम राखेपछि नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कार्यकर्ताबीच कुटाकुट भएको छ ।

कैलालीको धनगढीस्थित एमालेको पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा उपाध्यक्ष डा भीम रावलको नाम हटाएर भट्टको ‘नेम प्लेट’ राखेपछि दुई समूहका कार्यकर्ताबीच कुटाकुट भएको हो ।


नेता रावलले कैलाली घटनापछि पार्टीका महासचिव ईश्वर पोखरेललाई टेलिफोन गरेर घटनाबारे जानकारी गराएका छन् । रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा रावलले उक्त घटनाबारे आफूले महासचिवलाई टेलिफोन गरेर जानकारी गराएको बताए ।

‘महासचिवलाई टेलिफोन गरेर यो के हो भनेर जानकारी मागे । उहाँले अनविज्ञ प्रकट गर्नुभयो,’ उनले भने । रावलले उपमहासचिव विष्णु पौडेललाई सम्पर्क गर्न खोजे पनि फोन नउठाएको बताए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग पनि सम्पर्क हुन नसकेको रावलको भनाइ छ ।

‘उहाँसँग पनि कुरा गर्न खोजेको थिए । सम्पर्क हुन सकेन । सम्पर्क नभएकाले कुरा भएन । उहाँ त अध्यक्ष हो,’ उनले भने । घटनाबारे पार्टीमा छलफल हुने, सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बस्ने र उचित ढंगले अगाडि बढ्ने रावलले बताए ।

रावलले धनगढीमा गुण्डागर्दी प्रवृत्ति देखिएको रावलले आरोप लगाए । ‘अहिले नै यस्तो चरित्र देखाइयो । पार्टी विधि प्रक्रिया विधिसम्मत ढंगबाट चलाउन चुनौती देख्छु । चटकपुरमा गुण्डागर्दी गरेर एमालेलाई समाप्त गर्छन् । आक्रमण गरेपछि प्रतिकार गर्छौं । एमाले फुटाउने र सिध्याउने षडयन्त्र पनि हुनसक्छ । हाम्रा पार्टीका सदस्यलाई धम्की दिएका छन् । पार्टी पंक्तिले प्रतिवाद गर्छ,’ उनले भने । यो समाचार काठमाण्डुपाटीमा छ ।

प्रतिक्रिया