Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रदेश इञ्चार्जमा लेखराजको नाम राखेपछि भीम रावलको ईश्वर पोखरेल र विष्णु पौडेललाई फोन

प्रदेश इञ्चार्जमा लेखराजको नाम राखेपछि भीम रावलको ईश्वर पोखरेल र विष्णु पौडेललाई फोन

काठमाडौँ  – सुदूरपश्चिम प्रदेश इञ्चार्जमा लेखराज भट्टको नाम राखेपछि नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कार्यकर्ताबीच कुटाकुट भएको छ ।

कैलालीको धनगढीस्थित एमालेको पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा उपाध्यक्ष डा भीम रावलको नाम हटाएर भट्टको ‘नेम प्लेट’ राखेपछि दुई समूहका कार्यकर्ताबीच कुटाकुट भएको हो ।


नेता रावलले कैलाली घटनापछि पार्टीका महासचिव ईश्वर पोखरेललाई टेलिफोन गरेर घटनाबारे जानकारी गराएका छन् । रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा रावलले उक्त घटनाबारे आफूले महासचिवलाई टेलिफोन गरेर जानकारी गराएको बताए ।

‘महासचिवलाई टेलिफोन गरेर यो के हो भनेर जानकारी मागे । उहाँले अनविज्ञ प्रकट गर्नुभयो,’ उनले भने । रावलले उपमहासचिव विष्णु पौडेललाई सम्पर्क गर्न खोजे पनि फोन नउठाएको बताए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग पनि सम्पर्क हुन नसकेको रावलको भनाइ छ ।

‘उहाँसँग पनि कुरा गर्न खोजेको थिए । सम्पर्क हुन सकेन । सम्पर्क नभएकाले कुरा भएन । उहाँ त अध्यक्ष हो,’ उनले भने । घटनाबारे पार्टीमा छलफल हुने, सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बस्ने र उचित ढंगले अगाडि बढ्ने रावलले बताए ।

रावलले धनगढीमा गुण्डागर्दी प्रवृत्ति देखिएको रावलले आरोप लगाए । ‘अहिले नै यस्तो चरित्र देखाइयो । पार्टी विधि प्रक्रिया विधिसम्मत ढंगबाट चलाउन चुनौती देख्छु । चटकपुरमा गुण्डागर्दी गरेर एमालेलाई समाप्त गर्छन् । आक्रमण गरेपछि प्रतिकार गर्छौं । एमाले फुटाउने र सिध्याउने षडयन्त्र पनि हुनसक्छ । हाम्रा पार्टीका सदस्यलाई धम्की दिएका छन् । पार्टी पंक्तिले प्रतिवाद गर्छ,’ उनले भने । यो समाचार काठमाण्डुपाटीमा छ ।

प्रतिक्रिया