ताजा अपडेट
कसलाई समर्थन गर्ने भन्नेमा जसपा अनिर्णित
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय टुंगो लगाउन सकेको छैन । ललितपुरस्थित पार्टी मुख्यालयमा सोमबार बसेको पदाधिकारी बैठक पनि विना निष्कर्ष टुंगिएको जसपा वरिष्ठ नेता अशोक राईले जानकारी दिए ।
बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०का शीर्ष नेताहरूले दिएको समर्थनबारे छलफल भएको थियो । जसपाले संविधान संशोधन र रेशम चौधरी लगायतको रिहाइलाई सरकारमा जाने शर्त बनाएको छ ।
‘हाम्रो माग जसले पूरा गर्छ त्यही पक्षलाई समर्थन गर्ने भनेका छौं,’ वरिष्ठ नेता राईले भने, ‘आधिकारिक निर्णय भने केन्द्रीय कार्यकारिणी समिति बैठकबाटै गर्छौं ।’
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक चैत ५ गते सुरु हुँदैछ । बैठकका लागि सत्ता समीकरण र पार्टी समायोजनको बाँकी काम कसरी टुंग्याउने भन्ने एजेण्डा तय भएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया