Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छिन्।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई सो बैठकमा बोलाइएको छ।

‘भोलिको सर्वदलीय बैठकमा सहभागी हुनका लागि राष्ट्रपति कार्यालयले पूर्वप्रधानमन्त्रीज्यूलाई पत्र पठाएको छ,’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्।
सो कदमको व्यापक विरोध भएको थियो।

प्रधानमन्त्रीले गरेको सिफारिशबारे अन्य राजनीतिक दल तथा सम्बन्धित विज्ञसँग त्यसको संवैधानिकताबारे सामान्य परामर्श पनि नगरी तुरुन्तै अनुमोदन गरेको भनी बिभिन्न क्षेत्रबाट टिप्पणी गरिएको थियो।

सो कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भनी बदर गरेको थियो।

अदालतको अर्को आदेशबाट नेकपा विभाजित भएपछि अहिले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था बनेको छ।

संसदमा नयाँ गठबन्धनको सरकार बनाउन बिभिन्न दलहरुले कसरत सुरु गरेका बेला राष्ट्रपतिले सर्वदलीय बैठक आह्वान गरेकी छन्।

प्रतिक्रिया