Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

‘ओली समूहले पार्टीलाई छिन्नभिन्न बनाउन खोज्यो’

‘ओली समूहले पार्टीलाई छिन्नभिन्न बनाउन खोज्यो’

 काठमाडौं - नेकपा एमाले माधवकुमार नेपाल समूहले फागुन २८ गते प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली समूहले गरेको निर्णयले पार्टीलाई विभाजनतर्फ धकेलेको जनाएको छ ।

नेपाल समूहले भोलि र पर्सी राजधानीमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा नेता सुरेन्द्र पाण्डेले ओली समूहले पार्टीलाई छिन्नभिन्न बनाउन खोजेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । पाण्डले ओलीको कदमले नेकपापछि एमालेलाई पनि छिन्नभिन्न बनाउन खोजेको आरोप लगाउनुभयो ।

ओलीले पार्टी एकताको महत्वलाई घटाउन खोजेको पाण्डेको आरोप छ । ओलीले फागुन २८ गते गुटको भेलाबाट एकलौटी निर्णय गरेर पार्टी विभाजनको आरम्भ गरेको उहाँले बताउनुभयो ।

गुटको भेला गरेर ओलीले पार्टी विभाजनलाई वैधानिकता दिन खोजेको उहाँले आरोप लगाउनुभयो । फागुन २८ गते आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर ओलीले आफू अल्पमतमा भएको २३ सदस्यीय स्थायी समिति खारेज गर्नुभएको थियो भने नेपाल पक्षका नेताहरुले पाएको थप जिम्मेवारी पनि खोस्नुभएको थियो ।

ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष महासचिव बाहेक अरु पदाधिकारीको जिम्मेवारी खोसेर माओवादी पक्षबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गर्नुभएको थियो ।

प्रतिक्रिया