Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २१ साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

तरुण दल नेपाली काँग्रेसको आधार स्तम्भ:नगर प्रमुख भरत शर्मा गैरे

तरुण दल नेपाली काँग्रेसको आधार स्तम्भ:नगर प्रमुख भरत शर्मा गैरे

इश्वर सुवेदी |सुरेश छन्त्याल 

बागलुङ - बागलुङको गलकोट नगरपालिमा नबगठित तरुणदलको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गलकोट नगरपालिका स्तरिय तथा नगर क्षेत्र भित्रका सम्पुर्ण नबगठित नेपाल तरुण दलका सदस्यहरुलाई स्वागत गदै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले तरुण दल नेपाली काँग्रेसको आधार स्तम्भ भएको बताउदैं तरुण दललाई सक्रिय बनाई राख्नको लागि युवाहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

नगर प्रमुख गेरेले लोकतन्त्र र प्रजातन्त्रको मर्म, आधार र सिदान्तलाई आत्मसाथ गर्दै सबैको माझमा तरुण युवाहरु लोकप्रिय हुनुपर्ने बताउनुभयो ।
 गत स्थानिय तहको निर्वाचनमा तरुण दलको भुमिका अत्यन्तै महत्वपुर्ण रहेको बताउदैं उहाले आगामि दिनमा पनि साथ र सहयोग रहने आशा ब्यक्त गर्नुभएको छ । 
उहाँले सम्पुर्ण जनप्रतिनिधिहरु तरुणको साथमा रहेका समेत बताउनुभयो । कार्यक्रमको अवसरमा गलकोट नगरपालिकाका नगर उप प्रमुख रेनुुका काउचा मगरले तरुण युवाको उल्लेखनीय सहभागिताले आफुहरु थप उर्जाशिल भएको बताउदै आगामी दिनमा पनि नेपाली काँग्रेसलाई थप मजबुत बनाउन तरुण दल पार्टि नेतृत्व लगायत जनप्रतिनिधिहरु सँगसँगै सहकार्य गर्नुपर्ने बताउनु भएको छ। 

स्वागत तथा परिचयात्मक कार्यक्रममा नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि मन्जु शर्मा चालिसे ,तरुण दल जिल्ला सदस्य राम प्रसाद बि।क लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा तरुण दल नगर सह सचिव पदम गौतम, नगर सदस्य आबिश्कार खरेलले  मन्तब्य राख्नुभएको थियो ।  

नेपाल तरुण दल गलकोट नगर सभापति गोरख भण्डारीको अध्यक्षता भएको कार्यक्रममानेपाली काँग्रेस नगर सभापति एवम् गलकोट नगरपालिका वडा न ५ का वडा अध्यक्ष नारायण ध्बज मल्लले स्वागत  गर्नु भएको थियो ।  कार्यक्रमकोसञ्चालन तरुण दल नगर सचिब चिराग रानाले गर्नु भएको थियो  । 

गलकोट नगरपालिकामा गत फागुन १९ गते नेपाल तरुण दल गलकोटको पुर्नगठन गरिएको थियो ।

प्रतिक्रिया