Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

तरुण दल नेपाली काँग्रेसको आधार स्तम्भ:नगर प्रमुख भरत शर्मा गैरे

तरुण दल नेपाली काँग्रेसको आधार स्तम्भ:नगर प्रमुख भरत शर्मा गैरे

इश्वर सुवेदी |सुरेश छन्त्याल 

बागलुङ - बागलुङको गलकोट नगरपालिमा नबगठित तरुणदलको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गलकोट नगरपालिका स्तरिय तथा नगर क्षेत्र भित्रका सम्पुर्ण नबगठित नेपाल तरुण दलका सदस्यहरुलाई स्वागत गदै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले तरुण दल नेपाली काँग्रेसको आधार स्तम्भ भएको बताउदैं तरुण दललाई सक्रिय बनाई राख्नको लागि युवाहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

नगर प्रमुख गेरेले लोकतन्त्र र प्रजातन्त्रको मर्म, आधार र सिदान्तलाई आत्मसाथ गर्दै सबैको माझमा तरुण युवाहरु लोकप्रिय हुनुपर्ने बताउनुभयो ।
 गत स्थानिय तहको निर्वाचनमा तरुण दलको भुमिका अत्यन्तै महत्वपुर्ण रहेको बताउदैं उहाले आगामि दिनमा पनि साथ र सहयोग रहने आशा ब्यक्त गर्नुभएको छ । 
उहाँले सम्पुर्ण जनप्रतिनिधिहरु तरुणको साथमा रहेका समेत बताउनुभयो । कार्यक्रमको अवसरमा गलकोट नगरपालिकाका नगर उप प्रमुख रेनुुका काउचा मगरले तरुण युवाको उल्लेखनीय सहभागिताले आफुहरु थप उर्जाशिल भएको बताउदै आगामी दिनमा पनि नेपाली काँग्रेसलाई थप मजबुत बनाउन तरुण दल पार्टि नेतृत्व लगायत जनप्रतिनिधिहरु सँगसँगै सहकार्य गर्नुपर्ने बताउनु भएको छ। 

स्वागत तथा परिचयात्मक कार्यक्रममा नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि मन्जु शर्मा चालिसे ,तरुण दल जिल्ला सदस्य राम प्रसाद बि।क लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा तरुण दल नगर सह सचिव पदम गौतम, नगर सदस्य आबिश्कार खरेलले  मन्तब्य राख्नुभएको थियो ।  

नेपाल तरुण दल गलकोट नगर सभापति गोरख भण्डारीको अध्यक्षता भएको कार्यक्रममानेपाली काँग्रेस नगर सभापति एवम् गलकोट नगरपालिका वडा न ५ का वडा अध्यक्ष नारायण ध्बज मल्लले स्वागत  गर्नु भएको थियो ।  कार्यक्रमकोसञ्चालन तरुण दल नगर सचिब चिराग रानाले गर्नु भएको थियो  । 

गलकोट नगरपालिकामा गत फागुन १९ गते नेपाल तरुण दल गलकोटको पुर्नगठन गरिएको थियो ।

प्रतिक्रिया