Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

सक्छौ भने प्रधानमन्त्री ओलीलाई हटाएर देखाउनुस्: मन्त्री कृष्णगोपाल श्रेष्ठ

सक्छौ  भने प्रधानमन्त्री ओलीलाई हटाएर देखाउनुस्: मन्त्री कृष्णगोपाल श्रेष्ठ

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव पास गरेर हटाउन चुनौती दिएका छन् ।

ललितपुरमा आयोजित क्षेत्र नम्बर ९ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपत्यका इन्चार्ज समेत रहेका मन्त्री श्रेष्ठले अविश्वासको प्रस्ताव पास गरी प्रधानमन्त्रीलाई हटाएर देखाउन चुनौती दिएका हुन् ।

उनले भने, ‘म चुनौती दिन चाहान्छु, अविश्वासको प्रस्ताव पास गरी प्रधानमन्त्रीलाई हटाएर देखाउनुस् ।’

उनले अहिलेको अवस्थामा त्यो सम्भव नहुने जिकिर गरे । यो सबै भन्दा ‘पावरफूल’ सरकार भएकाले यसकालाई कसैले हटाउन नसक्ने उनको भनाइ छ ।

उनले भने, ‘यो सरकार नेपालको इतिहासमा अहिलेसम्मको शक्तिशाली सरकार हो, यो सरकारलाई कसैले हटाउन सक्दैन ।’

पार्टीको विधान विपपरीत गुटको भेला गरेको कारण एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुषललाई स्पष्टीकरण सोधेको स्पष्ट पार्दै मन्त्री श्रेष्ठले राजनीतिलाई अस्थिर पार्न खोज्नेमाथि कारबाहीको थालनी गरेको बताए ।

उनले भने, ‘एमाले भएर पार्टी अध्यक्ष माथि नै कारबाही गर्ने चलखेल गर्छ भने उनीहरुमाथि स्पष्टिकरण नसोधे के गर्ने रु अब कारबाही प्रकृया अघि बढ्यो, चित्त बुझ्दो जवाफ नदिए विधानमा व्यवस्था भए अनुसार अघि बढाइनेछ ।’

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबहादुर चन्द ९विप्लव० र तराई आन्दोलनका नेता सिके राउतलाई राजनीतिको मुल धारमा ल्याउन सफल भएको चर्चा समेत गरेका थिए ।

प्रचण्ड प्रधानमन्त्री भएपछि मात्रै मेलम्चीको पानी खुवाउने योजना असफल भएको उल्लेख गर्दै बुहारी एवं तत्कालीन खानेपानी मन्त्री बीना मगरको कारण मेलम्चीको पानी आउन नसकेको टिप्पणी गरे ।

ओली सरकारले एक वर्ष अघि नै पानी ल्याउने तयारी गरिसकेको थियो । त्यसबेला खानेपानी मन्त्रीकै कारण रोकिएको उनले दाबी बताए ।

उनले भने, ‘अब ढुक्क हुनुहोस् मेलम्चीको पानी उपत्यका छिरिसकेको छ, केही दिनमै घरघरमा आउँछ ।’

कार्यक्रममा उनले आफ्नो निर्वाचन क्षेत्र नमुना क्षेत्र भएको बताउदै अझै थप योजना सहितको काम गर्न बाँकी रहेको बताए ।

प्रतिक्रिया