Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कर्णाली प्रदेशसभा सदस्य रेग्मीलाई कारबाहीको सिफारिस

कर्णाली प्रदेशसभा सदस्य रेग्मीलाई कारबाहीको सिफारिस

सुर्खेत - कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाहीको लागि सिफारिस गरिएको छ । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशसभा संसदीय दलले सांसद् रेग्मीलाई कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

संसदीय दलका प्रमुख सचेतक सीता नेपालीका अनुसार माओवादी केन्द्रबाट निर्वाचित भएपनि उनी गत शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकमा उपस्थित भएनन् । ‘सर्वोच्च अदालतले माओवादी केन्द्र र एमाले ब्युँताइदिएपछि पार्टीको बैठकमा सहभागी नभएकाले उहाँलाई कारबाही गर्न सिफारिस गरिएको हो,’ नेपालीले भनिन् ।

सांसद रेग्मी एमालेको (ओलीपक्ष) को केन्द्रीय सदस्य तथा प्रदेश सचिवमा मनोनित भएका थिए । सांसद रेग्मीले आफु कुनै पनि हालतमा एमाले नछोड्ने अभिव्यक्ति दिँदै आएका छन् । यतिमात्र हैन, रेग्मी आफ्नो सांसद पद नै गएपनि कुनै फरक नपर्ने बताउँछन् । ‘मैले मेरा जनतालाई सोधेर नै यस्तो निर्णय गरेको हुँ । यदी मेरो सांसद पद नै गएपनि जनताको पक्षमा बोल्ने मेरो मुखलाई कसैले रोक्न सक्दैन,’ एक कार्यक्रममा उनले भनेका थिए ।

कर्णालीका मन्त्रीहरुले भ्रष्टाचार गरेको फाइल आफूसँग भएकाले सुर्खेतको पिपल चौतारामा गएर जनतालाई जानकारी गराउने उनले उद्घोष गरेका छन् । उनी दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद हुन् ।

उनी माओवादी केन्द्रबाटै निर्वाचित भएपनि उनी शुरुवातदेखि नै प्रदेश सरकारका मुख्यमन्त्रीको विरुद्धमा लाग्दै आएका थिए । उनले प्रदेश सरकारले गरेका हरेक गतिविधिमा विरोध जनाउने काम गर्थे । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव तयार गर्ने प्रधानमन्त्री केपी ओली पक्षका सांसद यामलाल कँडेल निकट बनेका थिए ।

प्रतिक्रिया