Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कर्णाली प्रदेशसभा सदस्य रेग्मीलाई कारबाहीको सिफारिस

कर्णाली प्रदेशसभा सदस्य रेग्मीलाई कारबाहीको सिफारिस

सुर्खेत - कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाहीको लागि सिफारिस गरिएको छ । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशसभा संसदीय दलले सांसद् रेग्मीलाई कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

संसदीय दलका प्रमुख सचेतक सीता नेपालीका अनुसार माओवादी केन्द्रबाट निर्वाचित भएपनि उनी गत शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकमा उपस्थित भएनन् । ‘सर्वोच्च अदालतले माओवादी केन्द्र र एमाले ब्युँताइदिएपछि पार्टीको बैठकमा सहभागी नभएकाले उहाँलाई कारबाही गर्न सिफारिस गरिएको हो,’ नेपालीले भनिन् ।

सांसद रेग्मी एमालेको (ओलीपक्ष) को केन्द्रीय सदस्य तथा प्रदेश सचिवमा मनोनित भएका थिए । सांसद रेग्मीले आफु कुनै पनि हालतमा एमाले नछोड्ने अभिव्यक्ति दिँदै आएका छन् । यतिमात्र हैन, रेग्मी आफ्नो सांसद पद नै गएपनि कुनै फरक नपर्ने बताउँछन् । ‘मैले मेरा जनतालाई सोधेर नै यस्तो निर्णय गरेको हुँ । यदी मेरो सांसद पद नै गएपनि जनताको पक्षमा बोल्ने मेरो मुखलाई कसैले रोक्न सक्दैन,’ एक कार्यक्रममा उनले भनेका थिए ।

कर्णालीका मन्त्रीहरुले भ्रष्टाचार गरेको फाइल आफूसँग भएकाले सुर्खेतको पिपल चौतारामा गएर जनतालाई जानकारी गराउने उनले उद्घोष गरेका छन् । उनी दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद हुन् ।

उनी माओवादी केन्द्रबाटै निर्वाचित भएपनि उनी शुरुवातदेखि नै प्रदेश सरकारका मुख्यमन्त्रीको विरुद्धमा लाग्दै आएका थिए । उनले प्रदेश सरकारले गरेका हरेक गतिविधिमा विरोध जनाउने काम गर्थे । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव तयार गर्ने प्रधानमन्त्री केपी ओली पक्षका सांसद यामलाल कँडेल निकट बनेका थिए ।

प्रतिक्रिया