Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

माधव नेपाल भन्छन् – ओली नेपाली हिटलरको अवतार हुन्

माधव नेपाल भन्छन् – ओली नेपाली हिटलरको अवतार हुन्

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाली हिटलरको अवतार भएको आरोप लगाएका छन् ।

एमालेको असन्तुष्ट नेपाल पक्ष निकट विद्यार्थी संगठनको मंगलबार काठमाडौँमा आयोजना भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीलाई नेपाली हिटलरको संज्ञा दिएका हुन् ।

नेकपा एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद ९जबज० को सिद्धान्त विपरित प्रधानमन्त्री ओली हिँडेको आरोप लगाउँदै नेता नेपालले ओलीको निरंकुशतावादी अधिनायकवाद मात्रै भएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओली जनताको बहुदलीय जनवाद अनुसार चल्न नसकेको उनको भनाइ थियो ।

एमाले अध्यक्षसमेत रहेका ओलीले कम्युनिस्ट पार्टीलाई विभाजन तर्फ लगिरहेको आरोप लगाउँदै नेता नेपालले अहिलेको अवस्थामा सबैलाई ओलीको भ्रमबाट मुक्त गर्नु पर्ने बेला आएको बताए ।

‘एमाले हामी भनेर‘१ जनताको बहुदलीय जनवाद हामीले मानेका छौँ भनेर ओलीले प्रचार गरिरहेका छन् ।’ उनले प्रश्न गरे, ‘ओलीले कहिले जनताको बहुदलीय जनवाद मानेका छन् रु’

जबजको सिद्धान्त पार्टीको बहुमतलाई मान्नु हो तर उनले बहुमतलाई नमानेको नेपालको तर्क छ ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपाको सचिवालयमा समेत ओली अल्पमतमा परेको उल्लेख गर्दै नेता नेपालले स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि ओली अल्पमतमा रहेको बताए ।

ओलीले तत्कालिन नेकपाको सचिवालयलाई हुलडवादहरुको संगठन, स्थायी कमिटीलाई बाहुबलीको संगठन र केन्द्रीय कमिटीलाई सडक छापहरुको संगठन भनेर आरोप लगाएको नेपालले बताए ।

‘अहिले ओलीले आफ्नो समूहमा आसेपासे दासहरु मात्रै राखेका छन् ।’ नेता नेपालले भने, ‘कम्युनिस्ट पार्टी र जनताको बहुदलीय जनवाद मान्नेमा आलोचना सुन्न सक्ने क्षमता हुनु पर्छ । तर अहिले ओली समूहमा रहेका कसैले पनि आलोचना सहन सक्दैनन् ।’

प्रतिक्रिया