Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

माधव नेपाल भन्छन् – ओली नेपाली हिटलरको अवतार हुन्

माधव नेपाल भन्छन् – ओली नेपाली हिटलरको अवतार हुन्

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाली हिटलरको अवतार भएको आरोप लगाएका छन् ।

एमालेको असन्तुष्ट नेपाल पक्ष निकट विद्यार्थी संगठनको मंगलबार काठमाडौँमा आयोजना भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीलाई नेपाली हिटलरको संज्ञा दिएका हुन् ।

नेकपा एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद ९जबज० को सिद्धान्त विपरित प्रधानमन्त्री ओली हिँडेको आरोप लगाउँदै नेता नेपालले ओलीको निरंकुशतावादी अधिनायकवाद मात्रै भएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओली जनताको बहुदलीय जनवाद अनुसार चल्न नसकेको उनको भनाइ थियो ।

एमाले अध्यक्षसमेत रहेका ओलीले कम्युनिस्ट पार्टीलाई विभाजन तर्फ लगिरहेको आरोप लगाउँदै नेता नेपालले अहिलेको अवस्थामा सबैलाई ओलीको भ्रमबाट मुक्त गर्नु पर्ने बेला आएको बताए ।

‘एमाले हामी भनेर‘१ जनताको बहुदलीय जनवाद हामीले मानेका छौँ भनेर ओलीले प्रचार गरिरहेका छन् ।’ उनले प्रश्न गरे, ‘ओलीले कहिले जनताको बहुदलीय जनवाद मानेका छन् रु’

जबजको सिद्धान्त पार्टीको बहुमतलाई मान्नु हो तर उनले बहुमतलाई नमानेको नेपालको तर्क छ ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपाको सचिवालयमा समेत ओली अल्पमतमा परेको उल्लेख गर्दै नेता नेपालले स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि ओली अल्पमतमा रहेको बताए ।

ओलीले तत्कालिन नेकपाको सचिवालयलाई हुलडवादहरुको संगठन, स्थायी कमिटीलाई बाहुबलीको संगठन र केन्द्रीय कमिटीलाई सडक छापहरुको संगठन भनेर आरोप लगाएको नेपालले बताए ।

‘अहिले ओलीले आफ्नो समूहमा आसेपासे दासहरु मात्रै राखेका छन् ।’ नेता नेपालले भने, ‘कम्युनिस्ट पार्टी र जनताको बहुदलीय जनवाद मान्नेमा आलोचना सुन्न सक्ने क्षमता हुनु पर्छ । तर अहिले ओली समूहमा रहेका कसैले पनि आलोचना सहन सक्दैनन् ।’

प्रतिक्रिया