Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

राष्ट्रपति भण्डारीको राजकीय भ्रमण फलदायी : परराष्ट्रमन्त्री ज्ञवाली

राष्ट्रपति भण्डारीको राजकीय भ्रमण फलदायी : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमण फलदायी भएको बताएका छन् ।

राष्ट्रपति भण्डारी भ्रमण पूरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल तथा बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मद्दत पुगेको बताए ।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकी मनाउने कार्यक्रममा सहभागी हुने सिलसिलामा राष्ट्रपति भण्डारी चैत ९ र १० गतेसम्म बङ्गलादेशको राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी हुन् ।

भ्रमणको पहिलो दिन राष्ट्रपति भण्डारीले बङ्गलादेशको सावरस्थित राष्ट्रिय शहीद स्मारकको भ्रमण गर्नु भई बङ्गलादेशका शहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेकी थिइन् । सोही दिन राष्ट्रपति भण्डारीको समुपस्थितिमा बङ्गलादेशको ढाकाको नेशनल परेड ग्राउण्डमा बङ्गबन्धुको जन्म शतवार्षिकी कार्यक्रम भव्य समारोहबीच सम्पन्न भएको भ्रमण दलमा सहभागी मन्त्री ज्ञवालीले जानकारी गराए । सो समारोहमा बङ्गलादेशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू एवं विशिष्ठ व्यक्तित्व सहभागी थिए ।

राष्ट्रपति भण्डारीले बङ्गलादेशका राष्ट्रपतिसँग ढाकामा सोमबार द्विपक्षीय वार्ता गरेकी थिइन् । सो वार्ताको क्रममा उनीहरूबीच नेपाल तथा बङ्गलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ एवं फलदायी बनाउने सन्दर्भमा द्विपक्षीय हितका सबै पक्षहरूमा छलफल एवं विचारको आदानप्रदान भएको मन्त्री ज्ञवालीले जानकारी दिए । साथै, दुई देशबीचको राजनीतिक सम्बन्धलाई सुढृढ गर्दै आर्थिक सम्बन्धलाई अझ गहिरो एवं फलदायी बनाउँदै लैजाने कुरामा सहमति भएको थियो ।

त्यस अतिरिक्त ऊर्जा व्यापारको लागि द्विपक्षीय सहकार्यलाई अघि बढाउने, द्विपक्षीय व्यापारको प्रवर्द्धन गर्ने र व्यापारलाई सन्तुलित बनाउने, बङ्गलादेशले नेपाललाई सरल एवं सहज ढङ्गबाट पारवहन सेवा उपलब्ध गराउने, कृषि, संस्कृति, पर्यटन लगायतका क्षेत्रको विकासको लागि दुवै देशको सम्भाव्यतालाई आपसी सहकार्यको माध्यमबाट उच्चतम उपयोग गर्ने जस्ता विषयमा छलफल भएको थियो ।

भ्रमणका दौरान राष्ट्रपति भण्डारी तथा बङ्गलादेशका प्रधानमन्त्री महामहिम शेख हसिनाबीचको भेटघाटको अवसरमा नेपालको जलविद्युत् बङ्गलादेशमा निर्यात गर्ने, दुवै देशबीचको व्यापारमा वृद्धि एवं सन्तुलन कायम गर्ने, हवाई सेवाको विस्तार, रेलसेवा तथा सडकमार्गको सुधार गर्ने विषयमा छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिए । साथै, अन्तर्देशीय जलमार्गको सञ्चालन जस्ता सम्पर्क सञ्जालको विकास गर्ने, नेपालको लागि बङ्गलादेशबाट थप पारवाहनको सुविधा उपलब्ध गराउने, शिक्षा एवं कृषि क्षेत्रमा सहकार्य वृद्धि गर्ने तथा जलवायु परिवर्तन जस्ता समसामयिक र ज्वलन्त विषयमा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मञ्चहरूमा एकापसमा सहयोग, अभिवृद्धि र सहकार्य गर्नेलगायतका विविध विषयहरूमा छलफल भएको थियो ।

यसैगरी आज बिहान राष्ट्रपति भण्डारीले बङ्बन्धु मेमोरियल म्युजियमको भ्रमण गरी र बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानप्रति श्रद्धान्जलि व्यक्त गरेकी थिइन् ।

राष्ट्रपतिले आजै ढाकास्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै बङ्गलादेशमा रहेका नेपाली नागरिकहरूसँग भेटघाट गरिन् । राष्ट्रपति भण्डारीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री ज्ञवालीलगायत परराष्ट्र मन्त्रालय, राष्ट्रपतिको कार्यालय एवं सम्बन्धित अन्य मन्त्रालयका अधिकारीहरु सहभागी थिए ।

प्रतिक्रिया