Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिम  प्रदेशको लोक सेवा आयोग ऐन दोस्रो पटक संशोधन

सुदूरपश्चिम  प्रदेशको लोक सेवा आयोग ऐन दोस्रो पटक संशोधन

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश लोक सेवा आयोग ऐनलाई दोस्रो पटक संशोधन गरेको छ। आयोगका अध्यक्ष तथा सदस्यहरूको सपथग्रहणबारे पहिलो पटक संशोधन गर्दा उल्लेख नभएपछि दोस्रो पटक संशोधन गरिएको हो।

प्रदेश सभाको बिहीबार बसेको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले विधेयक संशोधनका लागि प्रस्ताव गरेको विधेयक पारित भएको हो।

मन्त्री शाहले संशोधनका लागि विधेयक पेस गर्दै ‘प्रदेश लोक सेवा आयोग ऐन, २०७६ु मा आयोगका अध्यक्ष र सदस्यहरूलाई सपथ गराउने व्यवस्था छुट भएकाले संशोधनका लागि विधेयक पेस गरेकोु बताएका थिए। मन्त्री शाहले विधेयक पारितका लागि पेस गरेपछि सत्तापक्ष र प्रतिपक्षको समर्थनसहित सभामुखले विधेयक पारित भएको घोषणा गरेका थिए।

विधेयक पारित हुनुअघि दफावार छलफलमा भाग लिएका सत्तापक्षका प्रदेश सभा सदस्य महेशदत्त जोशीले प्रदेश सरकार र प्रदेश सभा सदस्यहरूले आवश्यकता महसुस गरी छोटो बाटोबाट विधेयक सदनमा पेस भएको बताएका थिए।

‘विधेयकमा सामान्य कुरा छुट भएको थियो। यो प्राविधिक विषय पनि हो। यसलाई पारित गरी प्रदेशमा कर्मचारी भर्नाको व्यवस्था खुल्ने छ,’ उनको भनाइ थियो। उनले विधेयक पारित भएलगत्तै प्रदेश सरकारले कर्मचारी भर्नाको कार्यलाई अघि बढाउन सुझाव दिए।

‘विधेयक पारित भएपछि प्रदेश सरकारबाट कर्मचारी अभावको दुखेसो बन्द हुनेछ। प्रदेश सरकारले छिट्टै काम अघि बढाओस्,’ उनले भने। 

दफावारमा उठेको जिज्ञासाको उत्तर दिँदै मन्त्री शाहले शीघ्र प्रदेश लोक सेवा आयोग गठन गर्ने बताएका थिए। ‘विधेयक पारित भए कर्मचारी व्यवस्थापन क्षेत्रमा फड्को मार्नेछ,ु मन्त्री शाहको भनाइ थियो।

यसअघि विधेयक २०७६ साउन ६ गते संशोधन गरिएको थियो। विधायन तथा प्रदेश मामिला समिति सभापति नेपालु चौधरीको प्रस्तावमा ऐनको प्रस्तावनामा ‘समानुपातिक र समावेशी’ शब्द थपी विधेयक पारित भएको थियो।  

प्रदेश लोकसेवा ऐन बनेको एक वर्षभन्दा बढी भइसक्दा पनि प्रदेश सरकारले प्रदेशमा लोक सेवा आयोग गठन गर्न सकेको छैन। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भने संघीय सरकारले निजामती कर्मचारी ऐन नल्याउँदा समस्या भएको प्रतिक्रिया दिँदै आएको छ।

प्रतिक्रिया