Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

टीकापुर घटनामा पक्राउ परेका सबैलाई नि:शर्त रिहा गर्न माग

टीकापुर घटनामा पक्राउ परेका सबैलाई नि:शर्त रिहा गर्न माग

काठमाडौं- टीकापुर घटनामा पक्राउ परेका सबैलाई निस्शर्त रिहा गर्न माग गरिएको छ। पक्राउ परेका व्यक्तिहरूका आफन्तले उनीहरूलाई निस्शर्त रिहाइको माग गरेका हुन्। 

जनता समाजवादी पार्टी (जसपा) नेपालले पछिल्लो समयमा टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीको रिहाइलाई मुख्य राजनीतिक मुद्दा बनाइरहेका बेला थरूहटरथारूवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारूले सरकारको जोड घटाऊसँग रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीसँग कुनै सरोकार नभएको बताएका छन्।

शुक्रबार कैलालीको एक गोप्य स्थानमा पत्रकार सम्मेलन गर्दै संयोजक थारूले टीकापुर घटनामा जेल गएकाहरुलाई निःशर्त रिहाई गर्नुपर्ने तर, आफूहरु कसैको सत्तासँग सरोकार नभएको बताए । 

‘सांसद रेशम चौधरीलगायत सात जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैलसा गरेको छ,’ थारूले भने, ‘जन्मकैद सुनाइएका र अन्य केहीलाई १० वर्ष कैद सुनाइएको छ, तिनीहरुलाई निःशर्त रिहाई गरिनुपर्छ भन्ने हाम्रो माग हो।’ राजनीतिक दलहरुले रेशमको मुद्दालाई लिएर जोड घटाऊ गरेका उल्लेख गर्दै उनले त्यसमा हाम्रो केही लिनुदिनु नभएको तर, सबैले टीकापुर घटनाको मुद्दालाई सहयोग गर्नुपर्ने बताए। 

टीकापुर घटना प्रतिशोधको नभई राजनीतिक मुद्दाका विषयमा घटेको घटना भएको बताउँदै उनले भने, ‘यो नितान्त राजनीतिक विषयको मुद्दा हो। तसर्थ आजीवन र जेलमा जीवन बिताइरहेका कैदीवन्दीलाई तुरुन्तै निःशर्त छोड्नका लागि वार्ता टोली गठन गरेका छौं।

उच्च अदालत दिपायलको फैसलापछि अर्धभूमिगत रहेका मोर्चाका केन्द्रीय संयोजक थारुले टीकापुर घटनामा बन्दी जीवन बिताइरहेका परिवारका तर्फबाट वार्ता टोली गठन गरेको जानकारी दिएका हुन्। ‘रेशम चौधरीको संयोजकत्वमा हामीले छ सदस्यीय वार्ता टोली गठन गरेका छौं,’ लक्ष्मणले भने, ‘रेशमलाई जेलभित्रबाट नभई बाहिर निकालेर ससम्मान वार्ता गर्नका लागि सरकारसँग आग्रह गर्दछौं।’  

जनता समाजवादी पार्टी (जसपा) नेपालले पछिल्लो समय रेशम चौधरीको रिहाइलाई मुख्य राजनीतिक मुद्दा बनाएको छ। संविधान संशोधनलगायतका मुद्दामा जोड दिँदै आएको सो पार्टीले संसदीय अंकगणितका आधारमा आफू सत्ता गठबन्धनका लागि निर्णायक भूमिका निर्वाह गर्ने तहमा पुगेसँगै रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएको छ।

यसैबेला थरूहटरथारूवान राष्ट्रिय मोर्चाले पनि सरकारसँग वार्ताका लागि तयार रहेको बताएको हो। गोप्य स्थानमा गरिएको पत्रकार सम्मेलनमार्फत् वार्ता टोली गठनसँगै मोर्चाले ४ बुँदे निर्णय समेत सार्वजनिक गरेको छ ।

मोर्चाका संयोजक थारूले चैत २० गतेभित्र टीकापुर घटना सम्बन्धी मुद्दाको अपील सर्वोच्च अदालतमा दायर गर्ने,  थरूहटरथारूवान आन्दोलनले उठान गरेको मुद्दा र टीकापुर मुद्दालाई सम्बोधनका लागि संघर्षरत सबै पक्षलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ। यस्तै, एक महिनाभित्रै आफूहरूको माग सम्बोधन नभए मोर्चाले सबैसँग समन्वय गर्दै सरकारविरुद्ध सशक्त आन्दोलनमा जाने चेतावनी दिएको छ। 

प्रतिक्रिया