Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

भ्रष्टाचारलाई नियमन गर्न लोकपाल गठन गर्न सुर्खेती युवाको माग

भ्रष्टाचारलाई नियमन गर्न लोकपाल गठन गर्न सुर्खेती युवाको माग

सुर्खेत- सुर्खेती युवाहरुले  लोकपाल गठन गर्न माग गरेका छन् । उनीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पुगेर लोकपाल गठन गर्न माग गरेका हुन्  । उनीहरुको माग पत्रमा भनिएको छ ,‘विकास निर्माणमा भैरहेको ढिलासुस्ती, गुणस्तरहीनता र नीतिगत भ्रष्टाचारलाई नियमन गर्न लोकपाल गठन गर्न माग गरिएको हो ।’  
युवाहरुले प्रमुख जिल्ला अधिकारी छवि रिजालमार्फत जिल्ला भित्र प्रशासनको अगुवाइमा नागरिक अगुवा, राजनैतिक दलका अगुवा तथा पत्रकारसहितको लोकपाल गठन गर्न मा गरेका छन् ।  

प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका भित्र लागूपदार्थ दुर्व्यसन, तस्करी र अशान्ति बढ्नु चिन्ताजनक हो ,’ पत्रमा भनिएको छ ,‘ मालपोत, यातायात कार्यालयमा समेत सेवाग्राहीले सास्ती पाएका कारण जनशक्ति थप्न र प्रविधिमैत्री बनाउनुपर्छ ।’ 

राजिभ जंग शाही, कमल कटवाल, राज रावत, माधव सिजाली र कमल शाही लगायतका यूवा जिल्ला प्रशासन कार्यालयस्थित प्रमुख जिल्ला अधिकारी समक्ष पुगेका थिए । साथै उनीहरुले वीरेन्द्रनगर नगरपालिका –३ र १० मा अस्थायी प्रहरी बिट राख्नुपर्ने पनि माग गरिएको  छ।  

प्रतिक्रिया