ताजा अपडेट
फागुन २८ यता पार्टीले गरेका कुनै निर्णय फिर्ता हुँदैनन्ः ओली
काठमाडौं - प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेदेखि यता पार्टी केन्द्रीय कमिटी र संसदीय दलद्वारा गरिएका निर्णय फिर्ता नहुने बताएका छन् ।
आज९शुक्रवार० बालुवाटारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले यस्तो निर्णय गरेका हुन् ।
बैठकमा ओलीले पार्टीले स्पष्टीकरण मागेका नेताहरुले दिएको जवाफ चित्तबुझ्दो नभएको समेत बताएका छन् । ओलीले माधवकुमार नेपाल र भीम रावलले दिएको स्पष्टीकरण कारवाही गर्न योग्य रहेको बताउँदै उनीहरुलाई कारवाही हुनसक्ने संकेत समेत देखाए ।
आजको बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा उक्त पक्षका सांसदहरु सहभागी भएका थिए भने वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल भने उक्त बैठकमा सहभागी भएका थिएनन् ।
आज नेपाल पक्षका सांसदहरुको केन्द्रीय कमिटी बैठकले उक्त बैठकमा सहभागी हुने बताएका थिए ।
यसअघि गत चैत ७ गते प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल पक्षका सांदसहरु उपस्थित भएका थिएनन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया