ताजा अपडेट
प्रतिनिधि सभा अधिवेशन अन्त्य गर्ने सरकारको तयारी
काठमाडौँ- सरकारले विजनेस नदिएको प्रतिनिधि सभाको हिउँदे अधिवेशन छिट्टै अन्त्य गर्ने सरकारले तयारी गरेको छ।
शुक्रबार बसेको नेकपा एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले चालु अधिवेशन केही दिनमा नै अन्त्य गर्ने बताएको दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए।
आगामी जेठ १५ भित्र बजेट ल्याइसक्नुपर्ने भएकाले वैशाखबाट अर्को अधिवेशन गर्न चालु अधिवेशन छिट्टै अन्त्य गरिने ओलीको भनाई रहेको भट्टराईले बताए।
‘प्रधानमन्त्रीको केही समयपछि चालु संसद् अन्त्य गर्ने कुरा छ,’ भट्टराईले नेपालखबरसँग भने, वैशाखबाट वर्षे अधिवेशन सुरु हुन्छ भन्नुभयो।’
प्रतिनिधि सभाको बैठक १८ गतेका लागि बोलाइएको छ।
प्रधानमन्त्री ओलीले ५ पुसमा विघटन गरेको प्रतिनिधि सभा फागुन ११ गते सर्वोच्च अदालतले पुनःस्थापित गरेको थियो। साथै, १३ दिनभित्र संसद बैठक बोलाउन समेत आदेश दिएको थियो। फागुन २३, २६ गते, चैत ३ गते, ६ गते र १० गते प्रतिनिधि सभाको बैठक बसेको थियो।
प्रतिनिधि सभाको बैठक पाँच पटक बसेपनि सरकारले विजनेस दिएको छैन। महत्वपर्ण अध्यादेशहरु प्रस्तुत हुन सकेको छैन।
अधिवेशन सुरु भएपछिका ५ वटा बैठकमा शोक प्रस्ताव पारित, आयोगका वार्षिक प्रतिवेदन मात्र पेश भएका छन्।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया