Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

प्रतिनिधि सभा अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

प्रतिनिधि सभा अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

काठमाडौँ- सरकारले विजनेस नदिएको प्रतिनिधि सभाको हिउँदे अधिवेशन छिट्टै अन्त्य गर्ने सरकारले तयारी गरेको छ।

शुक्रबार बसेको नेकपा एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले चालु अधिवेशन केही दिनमा नै अन्त्य गर्ने बताएको दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए।

आगामी जेठ १५ भित्र बजेट ल्याइसक्नुपर्ने भएकाले वैशाखबाट अर्को अधिवेशन गर्न चालु अधिवेशन छिट्टै अन्त्य गरिने ओलीको भनाई रहेको भट्टराईले बताए।

‘प्रधानमन्त्रीको केही समयपछि चालु संसद् अन्त्य गर्ने कुरा छ,’ भट्टराईले नेपालखबरसँग भने, वैशाखबाट वर्षे अधिवेशन सुरु हुन्छ भन्नुभयो।’

प्रतिनिधि सभाको बैठक १८ गतेका लागि बोलाइएको छ।

प्रधानमन्त्री ओलीले ५ पुसमा विघटन गरेको प्रतिनिधि सभा फागुन ११ गते सर्वोच्च अदालतले पुनःस्थापित गरेको थियो। साथै, १३ दिनभित्र संसद बैठक बोलाउन समेत आदेश दिएको थियो। फागुन २३, २६ गते, चैत ३ गते, ६ गते र १० गते प्रतिनिधि सभाको बैठक बसेको थियो।

प्रतिनिधि सभाको बैठक पाँच पटक बसेपनि सरकारले विजनेस दिएको छैन। महत्वपर्ण अध्यादेशहरु प्रस्तुत हुन सकेको छैन।

अधिवेशन सुरु भएपछिका ५ वटा बैठकमा शोक प्रस्ताव पारित, आयोगका वार्षिक प्रतिवेदन मात्र पेश भएका छन्।

प्रतिक्रिया