ताजा अपडेट
कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । फागुन १३ गते मस्तिष्कघात भएर उपचाररत जोशीको आज (शुक्रबार चैत १३) गते निधन भएको हो ।
अस्पतालले राती ८ः२४ बजे निधन भएको जानकारी दिएको स्वकीय सचिव पुष्करराज पाण्डेले जानकारी दिनुभयो । चिकित्सकहरूले ८ः २४ मा निधन भएको खबर दिएको उहाँको भनाइ छ ।
जोशीलाई फागुन १३ गते राती स्वास्थ्यमा समस्या देखिएपछि परिवारले वीर अस्पतालमा पुर्याएका थिए ।
परिक्षणका क्रममा उहाँको मस्तिष्कमा रगत जमेको भन्दै वीर अस्पतालले तत्कालै नर्भिकमा रेफर गरेको थियो ।
नर्भिकमा उपचारको एकसातापछि जोशीको स्वास्थ्यमा सुधार आइ उहाँलाई भेन्टिलेटर बाहिर पनि राखिएको थियो । तर लगत्तै उहाँको स्वास्थ्यमा पुनः जटिलता आएपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
प्रतिक्रिया