Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १७ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

सरकारको उदासिनका कारण देशमा कोरोना नियन्त्रण अभियान प्रभावकारी भएन : कांग्रेस अछाम

सरकारको उदासिनका कारण देशमा कोरोना नियन्त्रण अभियान प्रभावकारी भएन : कांग्रेस अछाम

अछाम । भारतबाट अछाम फर्किने नागरिकलाई सहज र सुरक्षित रुपमा गाउगाउ सम्म पु्याउन नेपाली काङ्ग्रेसले निरन्तर प्रयास गरिरहेको कांग्रेस अछामले जनाएको छ । शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस अछामले प्रवास बाट स्वदेश फर्केका नागरिकलाई मानवीय व्यबहार गर्न सबैमा अपिल गर्दै प्रवासी नेपालीलाई काङ्ग्रेसको साथ पहिले जस्तो निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण बढे संगै त्यसको प्रत्यक्ष असर अछाममा पनि पुगेको भन्दै कांग्रेस अछामले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई स्वदेश फर्केका नागरिकलाई सिमा नाका बाट सुरक्षीत तवरले स्थानीय तहमा बनाइएका क्वारेन्टाइन सम्म पुर्याउन र मानवीय व्यबहार गर्न निर्देशन गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

संघीय र प्रदेश सरकारहरुको उदासीनका कारण देशमा कोरोना रोकथाम तथा नियन्त्रण अभियान प्रभावकारी नभएको नेपाली कांग्रेस अछामले आरोप लगाएको छ । दुई तहका सरकाको निष्क्रियताका कारण देशका कोरोना भाईरस बाट संक्रमितको संख्या बढिरहेको कांग्रेस अछामका सभापति भरत कुमार स्वाँरद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

अछाम स्थित स्थानीय प्रशासनले पहलकदमी नलिदा र प्रदेश सरकारको असहयोगका कारण प्रवासवाट आइरहेका नागरिकको राहत र उद्दारमा कठिनाई र जिल्ला भित्र पनि कोरोना विरुद्धको अभियान कमजोर भएको काङ्ग्रेसको अछामको ठहर छ । तोकिएको समयावधि सम्म स्थानीय तह, वडाले ब्यवस्था गरेको क्वारेन्टाइनमा बसेर कोरोना भाइरस विरुद्धको अभियानमा सहयोग गर्न काङ्ग्रेस अछामले विज्ञप्ती मार्फत भारत प्रवासबाट फर्केका सबै नागरिकमा अपिल गरेको छ ।

यस्तै भारत बाट फर्केका नागरिकको सहयोगका जुट्न कांग्रेस अछामले पार्टीका सबै कार्यकर्तालाई आग्रह गरेको छ भने उनहरुको पिसिआर विधिद्वारा कोरोना भाइरसको परिक्षणका लागि जिल्लामा आवस्यक उपकरणको ब्यवस्था गर्न संघिय र सुदुरपश्चिम सरकार संग कांग्रेस अछामले जोडदार माग गरेको छ ।

साथै कोभीड १९ को रोकथाम तथा नियन्त्रण अभियानमा क्रियासिल स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, संचारकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक प्रती काङ्ग्रेस अछामले विज्ञप्ती मार्फत सम्मान व्यक्त गरेको छ ।

 

प्रतिक्रिया