Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

ओली सरकार ढाल्ने कसरतमा प्रचण्ड, देउवा र बाबुरामसँग भेट

ओली सरकार ढाल्ने कसरतमा प्रचण्ड, देउवा र बाबुरामसँग भेट

काठमाडौ- सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिने सार्वजनिक रुपमा बताएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको रानीतिक सक्रियता बढेको छ।

आफूलाई सरकारलाई दिएको समर्थन फिर्ता नदिन दबाव आएको र आफूले दाह्रा किटेर समर्थन जारी रहेको बताएको केही दिनपपछि मंगलबार प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

देउवा र प्रचण्डबीच झण्डै २० मिनेट कुराकानी भएको थियो। सो भेटमा प्रचण्डले देउवालाई सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल भएको थियो। देउवा निकट स्रोतका अनुसार प्रचण्डले कांग्रेसलाई सरकारको नेतृत्व गर्न आग्रह गर्दै सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा छलफल भएको थियो।

यद्यपी वर्तमान सरकारको विकल्प खोज्ने विषयमा देउवाले प्रचण्डलाई स्पष्ट जवाफ नदिएको स्रोतले जनाएको छ। देउवाले अहिले कांग्रेसको प्राथमिकतामा सरकार नरहेको र कांग्रेसले सरकारको नेतृत्व गर्ने परिपक्व समय नभइसकेको जवाफ दिएका थिए।

देउवालाई भेटे लगत्तै प्रचण्ड जनता समाजवादीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेट भट्टराई निवास टोखा पुगेका थिए। उनीहरुले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ।

प्रतिनिधिसभा पुनःस्थापना भएदेखि नै ओली नेतृत्वको सरकार हटाउने खेल शुरु भए पनि अहिलेसम्म अविश्वासको प्रस्ताव दर्ता हुन सकेको छैन। अविश्वासको प्रस्तावसँगै नयाँ प्रधानमन्त्री पनि प्रस्ताव गर्नुपर्छ ।

नयाँ प्रधानमन्त्रीमा कसको नाम प्रस्ताव गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन। ओलीलाई जसपाले समर्थन गरे यही सरकारले निरन्तरता पाउनेछ।

सरकारलाई समर्थन गर्ने नगर्ने विषयमा जसपाभित्र विवाद छ। पूर्व राजपा समूह वर्तमान सरकारप्रति सकारात्मक देखिएको छ। तर, पूर्व समाजवादी पार्टीले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने पक्षमा छ।

तर सरकारले जसपाको माग सम्वोधन गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेपछि जसपाको एउटा समूह सरकारप्रति सकारात्मक छ। गृहमन्त्री थापाले जसपाका सांसद रेशम चौधरीलाई जेलबाट छुटाउने लगायत सर्तमा वार्ता आरम्भ गरिसकेका छन्।

प्रतिक्रिया