Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा कसले के भने ?

प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा कसले के भने ?

काठमाडौँ– प्रतिनिधिसभा बैठकमा सत्तापक्षका सांसदहरूले सरकारले नागरिकको हितमा काम गरेको दाबी गरे पनि प्रतिपक्षी दलका सांसदहरुले भने प्रधानमन्त्रीले संसदलाई छल्न खोजेको आरोप लगाएका छन् ।

नयाँ बानेश्वरमा बुधबार बसेको प्रतिनिधसभा बैठकमा माओवादी सांसदहरुले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने कानूनी प्रावधान रहेको धारणा राखे ।

बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङले दल विभाजित भएको अवस्थामा सरकारको अवस्था के हुने भन्ने प्रश्न उब्जिएको बताए ।

उनले सर्वोच्च अदालतको पछिल्लो फैसलापछि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने कानूनी प्रावधान रहेको अवगत गराए । उनले सरकारले संसद्लाई बिजनेसविहीन बनाइरहेको आरोप लगाउँदै सरकारले संसद्लाई बिजनेसविहीन बनाउँदा थुप्रै महत्वपूर्ण विधेयक अड्किएर बसेको र सामान्य एजेन्डामा मात्रै संसद् बैठक सीमित भएको बताए ।

बैठकमा एमालेकी सांसद शान्ता चौधरीले सरकारले गरेका अति महत्वपूर्ण काम नदेख्ने, विरोधका लागि मात्रै विरोध गर्ने परिपार्टी त्यागेर सरकारले गरेका राम्रा कामका पक्षमा पनि बोल्नुपर्ने बताइन् ।

कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले हालै बडिगाउँपालिकामा घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारबाही तथा घाइतेको उपचारको व्यवस्था मिलाउन सरकारसमक्ष माग गरे ।

बैठकको शुन्य समयमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभामा प्रधानमन्त्री ओली अनुपस्थित भएको विषयमा प्रश्न उठाए । उनले प्रधानमन्त्री संसदमा नआउनुको कारण सुरक्षा खतरा हो कि नैतिक खतराको महसुस भएर हो रु भन्दै प्रश्न पनि गरेका थिए ।

सांसदहरूले शुन्य र विशेष समयमा जनजीविकाको सवालमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाम्फेले ‘राष्ट्रिय प्राकृतिक, स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन’ र ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन’ पेश गरिन् भने विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०७७ र ‘नेपाल इन्जिनीयरिङ परिषद् पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश गरिन् ।

बैठकले संविधानसभा सदस्यद्वय नवीन्द्रराज जोशी र लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया