Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा कसले के भने ?

प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा कसले के भने ?

काठमाडौँ– प्रतिनिधिसभा बैठकमा सत्तापक्षका सांसदहरूले सरकारले नागरिकको हितमा काम गरेको दाबी गरे पनि प्रतिपक्षी दलका सांसदहरुले भने प्रधानमन्त्रीले संसदलाई छल्न खोजेको आरोप लगाएका छन् ।

नयाँ बानेश्वरमा बुधबार बसेको प्रतिनिधसभा बैठकमा माओवादी सांसदहरुले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने कानूनी प्रावधान रहेको धारणा राखे ।

बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङले दल विभाजित भएको अवस्थामा सरकारको अवस्था के हुने भन्ने प्रश्न उब्जिएको बताए ।

उनले सर्वोच्च अदालतको पछिल्लो फैसलापछि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने कानूनी प्रावधान रहेको अवगत गराए । उनले सरकारले संसद्लाई बिजनेसविहीन बनाइरहेको आरोप लगाउँदै सरकारले संसद्लाई बिजनेसविहीन बनाउँदा थुप्रै महत्वपूर्ण विधेयक अड्किएर बसेको र सामान्य एजेन्डामा मात्रै संसद् बैठक सीमित भएको बताए ।

बैठकमा एमालेकी सांसद शान्ता चौधरीले सरकारले गरेका अति महत्वपूर्ण काम नदेख्ने, विरोधका लागि मात्रै विरोध गर्ने परिपार्टी त्यागेर सरकारले गरेका राम्रा कामका पक्षमा पनि बोल्नुपर्ने बताइन् ।

कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले हालै बडिगाउँपालिकामा घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारबाही तथा घाइतेको उपचारको व्यवस्था मिलाउन सरकारसमक्ष माग गरे ।

बैठकको शुन्य समयमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभामा प्रधानमन्त्री ओली अनुपस्थित भएको विषयमा प्रश्न उठाए । उनले प्रधानमन्त्री संसदमा नआउनुको कारण सुरक्षा खतरा हो कि नैतिक खतराको महसुस भएर हो रु भन्दै प्रश्न पनि गरेका थिए ।

सांसदहरूले शुन्य र विशेष समयमा जनजीविकाको सवालमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाम्फेले ‘राष्ट्रिय प्राकृतिक, स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन’ र ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन’ पेश गरिन् भने विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०७७ र ‘नेपाल इन्जिनीयरिङ परिषद् पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश गरिन् ।

बैठकले संविधानसभा सदस्यद्वय नवीन्द्रराज जोशी र लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया