ताजा अपडेट
ओलीले गरे भुसाल र पाण्डेलाई पनि निलम्बन (पत्रसहित)
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गर्नुभएको छ । आज एउटा पत्र सार्वजनिक गर्दै ओलीले निलम्बनको घोषणा गर्नुभएको हो ।
यसअघि ओलीले वरिष्ठ नेता माधव नेपाल र भीम रावललाई पनि पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्नुभएको थियो ।
स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले नेताद्वय भुसाल र पाण्डेलाई पनि ६ महिना निलम्बन गर्नुभएको हो ।
गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटि बैठकले नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णयको आधारमा महासचिव ईश्वर पोखरेलले नेताहरुलाई स्पष्टीकरण पत्र पठाउनुभएको थियो ।
नेता नेपाल र रावलले चैत १२ गते तथा नेता भुसाल र पाण्डेले चैत १७ गते स्पष्टीकरण पठाएका थिए । स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भूलत्रुटि स्वीकार नगरेको, कुनै आत्मसमीक्षा नगरेको, आत्मआलोचना गर्ने प्रवृत्ति नदेखिएको, अहंकार र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखिएको भन्दै नेताहरुलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ ।


सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया