Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

गण्डकीका नौ जिल्लामा बनायो खनाल –नेपाल समूहले समानान्तर संरचना

गण्डकीका नौ जिल्लामा बनायो खनाल –नेपाल समूहले समानान्तर संरचना

काठमाडौँ- नेकपा एमालेको झलनाथ खनाल( माधव नेपाल समूहले गण्डकी प्रदेशका नौ जिल्लामा समानान्तर जिल्ला कमिटी सचिवालय घोषणा गरेको छ । 

बिहीबार बरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा पोखरामा भएको कार्यक्रममा संयोजक सुरेन्द्र पाण्डेले सातवटा जिल्लामा जिल्ला अध्यक्ष र सचिव चयन गर्दै जिल्ला सचिवालय घोषणा गरेका हुन् । 

२ जिल्ला लमजुङ र नवलपुरका अध्यक्ष र सचिव भने गोप्य राखिएको छ । त्यस्तै मनाङ​ र मुस्ताङमा कमिटी गठन बाँकी रहेको छ । 

पोखरामा भएको कार्यक्रममा नेता पाण्डेले कास्कीमा धनराज अचार्य अध्यक्ष र सचिवमा होमबहादुर नेपाली,स्याङ्जाको अध्यक्ष रामचन्द्र भट्टराई र सचिव भुपराज अधिकारी, म्याग्दी अध्यक्ष बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा अध्यक्ष र लालबहादुर थापा सचिव, पर्वतमा भक्त कुँवर अध्यक्ष र पदमपाणी शर्मा सचिव रहेको घोषणा गरेका हुन् ।

त्यसैगरी तनहुँमा शंकनारायण श्रेष्ठ अध्यक्ष र श्रीराम कार्की सचिव तथा गोरखामा यादव बस्नेत अध्यक्ष र सानुमैया बस्नेतलाई सचिव घोषणा गरेका हुन् ।

प्रतिक्रिया