Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

ओलीविरुद्ध अवहेलना मुद्दा दायर लिएर फेरि सर्वोच्च जाने खनाल-नेपाल पक्षको तयारी

ओलीविरुद्ध अवहेलना मुद्दा दायर लिएर फेरि सर्वोच्च जाने खनाल-नेपाल पक्षको तयारी

काठमाडौं - नेकपा एमालेको माधव नेपाल पक्ष सर्वोच्च अदालतको फागुन २३ को फैसला कार्यन्वयन नगरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर लिएर फेरि सर्वोच्च जाने तयारीमा जुटेको छ ।

अदालतको फैसलाबाट एमाले ब्युँतिएपछि सबै संरचना २०७५ जेठ २ बाटमा फर्काउनुपर्ने विषयलाई माधव नेपाल पक्षले राजनीतिक र कानुनी लडाइको विषय बनाएको छ । कानुन व्यवसायी र निकट नेताहरुले पनि माधव नेपाललाई ओलीविरुद्ध अवहेलना मुद्दामा जान सुझाव दिएका छन् ।

अदालतको फैसलालाई ओलीले नमानी फागुन २८ गते एकपक्षीय बैठकका नाममा विधान नै संशोधन गरेको विषयलाई न्यायिक निरुपणमा लैजान नेपालमाथि दबाब बढेको छ । नेपाल निकट एक अधिवक्ताले आइतबार वा सोमबारसम्म अवहेलना मुद्दा दर्ता हुनसक्ने बताए ।

शुक्रबार कलंकीको मेगा पार्टी प्यालेसमा बसेको माधव पक्षधर नेताहरुको बैठकमा पनि अवहेलना मुद्दामा जानेबारे छलफल भएको थियो । तर कहिले जाने भन्नेबारेमा टुंगो नलागेको बैठकमा सहभागी एक नेताले बताए ।

ती नेताले भने–अदालतले एमालेलाई २०७५ जेठ २ गतेअघिको अवस्थामा फर्क भनेपछि सबै संरचना पूरानै अवस्थामा लैजाऊ भनेको हो । त्यसको कार्यन्वयन केपी ओलीबाट नहुनु अदालतको अवहेलना हो, त्यसैले न्यायिक लडाइमा पनि जानुपर्छ भन्ने सुझाव आएकाले छलफल भएको छ ।

माधव नेपाल पक्ष फागुन २८ गतेको निर्णयविरुद्ध निर्वाचन आयोगमा गइसकेको छ । तर निर्वाचन आयोगबाट नेपाल पक्षको निवेदनमाथि सुनुवाई नभएकाले अदालतमै जानुपर्ने सुझाव आएको नेपाल पक्षका नेताहरु बताउछन् ।

सर्वोच्च अदालतले फागुन २३ को फैसलाविरुद्ध प्रचण्डको न्यायिक पुनरावलोकनको निवेदनलाई निस्सा दिन अस्वीकार गरेपछि माधव नेपाल निराश बनेका छन् । प्रचण्डले कतिपय ठाउँमा न्यायिक पुनरावलोकन आफ्नो इच्छाले भन्दा पनि माधव नेपालको आग्रहमा गरिएको भनेपछि नेपाल अशन्तुष्ट बनेका छन् ।

स्रोतले भन्यो–प्रचण्डले पुनरावलोकनमा जान मेरो इच्छा भन्दा पनि माधवजीको दबाब रह्यो । उहाँकै आग्रहमा शम्भु थापाजीहरुले दबाब दिनुभयो भन्ने कुरा केही ठाउँमा भनेको सुनियो । यो कुरा सुनेपछि माधव नेपाल प्रचण्डसँग पनि झस्किनुभएको छ, सम्भवत अबका भाषणमा उहाँले नेकपाकालीन अवस्थामा ओली र प्रचण्ड दुबैको भूमिकालाई आलोचनाको विषय बनाउनु हुनेछ ।

नेपाललाई कतिपय उनी निकट नेताहरुले प्रचण्डसँग हिमचिम छाड्न सुझाव समेत दिएका छन् । पुनरावलोकनमा जानुअघि प्रचण्डसँग माधव नेपालका घण्टौंसम्मका बैठकहरुले राम्रो सन्देश नदिएको ती नेताहरुको भनाइ छ । पार्टी अलग भएपनि तत्कालै प्रचण्डसँग एकताको सम्भावना समेत नरहेको नेपाल निकट नेताहरु बताउछन् ।

सुरेन्द्र पाण्डेले फागुन २३ को फैसला कार्यन्वयन नभएको विषयलाई कानुनी लडाइमा लैजाने खालका सुझावहरु आइरहेको बताए । त्यसबारेमा निर्णय भने भइनसकेको उनको भनाइ छ ।

प्रतिक्रिया