ताजा अपडेट
आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णय
काठमाडौँ- नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ।
शुक्रबार साँझसम्म जारी बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
“सरकार चलाउने नैतिक र राजनीतिक आधार गुमाइसकेकाले प्रधानमन्त्रीबाट ओलीजीको राजीनामा माग्ने निर्णय गरेका छौं” नेता शर्माले हिमालखबरसँग भने, “हामी आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पहल गर्छौ ।”
नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टी ९जसपा०ले पटक पटक कांग्रेसलाई सरकारको नेतृत्व लिन आग्रह गरेको थियो । पछिल्लो पटक माओवादीले ४८ घण्टाभित्र निर्णय दिन आग्रह गरेलगत्तै कांग्रेसले यस्तो निर्णय लिएको हो ।
यसअघि कांग्रेस नेताहरूले माओवादीले समर्थन फिर्ता लिएपछि मात्रै निर्णय गर्ने बताउँदै आएका थिए । ६३ सिट भएको कांग्रेसलाई प्रतिनिधी सभामा बहुमतका लागि ५४ सिट भएको माओवादी र ३४ सिटको जसपाको समर्थन आवश्यक पर्दछ ।
थप सामग्री स् जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञद्दद्दठघछ
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया