Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ३० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

राष्ट्रपति र खनालबीच भेट, पार्टीलाई एकताबद्ध बनाएर लैजानेबारे छलफल

राष्ट्रपति र खनालबीच भेट, पार्टीलाई एकताबद्ध बनाएर लैजानेबारे छलफल

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई उनकै निवास डल्लु पुगरे भेट गरेकी छन् ।

राष्ट्रपति भण्डारी शनिबार इतिहासविद् डा। महेशराज पन्तको निवासमा पुस्तकालय उद्घाटन गर्न पुगेकी थिइन् । सोही क्रममा राष्ट्रपति भण्डारी केही समय अघि मात्रै भारतबाट उपचार गरेर फर्किएका खनालको स्वास्थ्य अवस्था बुझ्न उनको निवास पुगेको बताइएको छ ।

सो क्रममा राष्ट्रपति र खनालबीच वर्तमान राजनीतिक परिस्थितिबारेमा कुराकानी भएको छ ।

राष्ट्रपतिसँगको भेटमा वर्तमान परिस्थितिबारे छलफल भएको नेता खनालले जानकारी दिए । भेटवार्तामा पार्टीलाई एकतावद्ध बनाएर लैजाने विषयमा कुरा भएको उनले बताए ।

भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै खनालले भने, ‘उहाँ देशको अभिभावक र संविधानको परिपालक हो । पहिले म नेता हुँदा कार्यकर्ता भएर काम गर्नुभएको थियो । अहिले सम्मानित स्थानमा पुग्नुभएको छ । राष्ट्रको परिपालक भएको हिसाबले पहिलेका नेताहरुलाई सम्झिनु खुशीको कुरा हो । मलाई खुशी लागेको छ ।’

‘अहिलेको वर्तमान स्थितिको बारेमा पनि अलिकति कुरा गर्‍यौं,’ राष्ट्रपतिसँगको भेटबारे खनालले भने, ‘उहाँले पार्टी, ९कम्युनिस्ट० आन्दोलन एकताबद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस् मेरो चाहिँ राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुरा गर्नुभयो ।’

राष्ट्रपति र खनालबीच करिब एक घण्टा भेट भएको थियो । राष्ट्रपतिले नेता खनालको स्वास्थ्यको बारेमा पनि चासो राखेकी थिइन् । जवाफमा खनालले आफ्नो व्यक्तिगत स्वास्थ्यको कुरा भन्दा पनि पार्टी र कम्युनिस्ट आन्दोलनको चिन्ता लागेको जवाफ दिएको बताए ।

राजनीतिक दलहरू एकताबद्ध र बलिया भएमात्रै गणतन्त्र बलियो हुने कुरा राष्ट्रपतिलाई बताएको खनालको भनाइ छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बित गरेपछि एमाले विभाजनको संघारमा पुगेको छ ।

पार्टीभित्र विवाद चुलिएको अवस्थामा राष्ट्रपति भण्डारीले वरिष्ठ नेता खनाललाई भेट्न गरेकी हुन् ।

प्रतिक्रिया