Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

राष्ट्रपति र खनालबीच भेट, पार्टीलाई एकताबद्ध बनाएर लैजानेबारे छलफल

राष्ट्रपति र खनालबीच भेट, पार्टीलाई एकताबद्ध बनाएर लैजानेबारे छलफल

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई उनकै निवास डल्लु पुगरे भेट गरेकी छन् ।

राष्ट्रपति भण्डारी शनिबार इतिहासविद् डा। महेशराज पन्तको निवासमा पुस्तकालय उद्घाटन गर्न पुगेकी थिइन् । सोही क्रममा राष्ट्रपति भण्डारी केही समय अघि मात्रै भारतबाट उपचार गरेर फर्किएका खनालको स्वास्थ्य अवस्था बुझ्न उनको निवास पुगेको बताइएको छ ।

सो क्रममा राष्ट्रपति र खनालबीच वर्तमान राजनीतिक परिस्थितिबारेमा कुराकानी भएको छ ।

राष्ट्रपतिसँगको भेटमा वर्तमान परिस्थितिबारे छलफल भएको नेता खनालले जानकारी दिए । भेटवार्तामा पार्टीलाई एकतावद्ध बनाएर लैजाने विषयमा कुरा भएको उनले बताए ।

भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै खनालले भने, ‘उहाँ देशको अभिभावक र संविधानको परिपालक हो । पहिले म नेता हुँदा कार्यकर्ता भएर काम गर्नुभएको थियो । अहिले सम्मानित स्थानमा पुग्नुभएको छ । राष्ट्रको परिपालक भएको हिसाबले पहिलेका नेताहरुलाई सम्झिनु खुशीको कुरा हो । मलाई खुशी लागेको छ ।’

‘अहिलेको वर्तमान स्थितिको बारेमा पनि अलिकति कुरा गर्‍यौं,’ राष्ट्रपतिसँगको भेटबारे खनालले भने, ‘उहाँले पार्टी, ९कम्युनिस्ट० आन्दोलन एकताबद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस् मेरो चाहिँ राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुरा गर्नुभयो ।’

राष्ट्रपति र खनालबीच करिब एक घण्टा भेट भएको थियो । राष्ट्रपतिले नेता खनालको स्वास्थ्यको बारेमा पनि चासो राखेकी थिइन् । जवाफमा खनालले आफ्नो व्यक्तिगत स्वास्थ्यको कुरा भन्दा पनि पार्टी र कम्युनिस्ट आन्दोलनको चिन्ता लागेको जवाफ दिएको बताए ।

राजनीतिक दलहरू एकताबद्ध र बलिया भएमात्रै गणतन्त्र बलियो हुने कुरा राष्ट्रपतिलाई बताएको खनालको भनाइ छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बित गरेपछि एमाले विभाजनको संघारमा पुगेको छ ।

पार्टीभित्र विवाद चुलिएको अवस्थामा राष्ट्रपति भण्डारीले वरिष्ठ नेता खनाललाई भेट्न गरेकी हुन् ।

प्रतिक्रिया