Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १३ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भोलिका लागि क्षमतावान र बौद्धिक नेतृत्व छानौ: हरि प्रसाद जोशी​

भोलिका लागि क्षमतावान र बौद्धिक नेतृत्व छानौ: हरि प्रसाद जोशी​

धनगढी - राज्यको चौथो अंग सञ्चारकर्मी अहिले चुनावमा केन्द्रित छन् । नेपाल पत्रकार महासंघको चुनाव लागेको छ । संघ, प्रदेश र जिल्ला साखामा यस बर्ष एकै दिन चुनाव हुँदै छ । आगामी चैत २५ गते पत्रकार महासंघको चुनाव हुन लागेको हो । सुदूरपश्चिम प्रदेशमापनि प्यानल सहित र अलग्गै गरी दुई प्यानलले उम्मेदवारी दिइसकेका छन् । ११ संगठनको गठबन्दनबाट सुदूरपश्चिम प्रदेश सचिव पदका साझा उम्मेदवार हरि प्रसाद जोशीसंग चुनावी सरगर्मी र उनका एजेण्डाका बारेमा केन्द्रित रहेर  शंकर बोहराले गरेको कुराकानी ।

हरि जी पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको सचिवमा उम्मेदवारी दिनुभएको छ तपाइको उम्मेदवारी किन त ?

संघियता संगै पत्रकार महासंघपनि नयाँ अभ्यासमा गइसकेपछि हामी दोश्रो कार्यकालका लागी चुनावी मैदानमा छौँ । देशैभरी प्रत्यक्ष निर्वाचन प्रणाली हुँदैछ । दुई तिन वटा कुरा छन् पत्रकारका बिषयमा धेरै बहसहरु चले तर ति बहसलाई हामीले ब्यवहारमा उतारेनौँ । खासगरी पत्रकारका ब्यवसायीक क्षमता अभिबृद्धीका कुरा, मिडिया हाउस र पत्रकारको सहकार्य, पत्रकारहरुलाई आर्थिक हिसाबमा कसरी बलियो बनाउनुपर्छ भन्ने कुरामा लाग्न सकेका छैनौँ । खासगरी नितिगत रुपमा राज्यलाई जवाफदेही बनाउने गरी लड्दैछौँ । पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको सचिवमा मैले उम्मेदवारी दिएको छु । खासगरी राज्यलाई मिडियासंग कनेक्ट गर्ने, कम्तिमा राज्यले मिडिया हाउस र पत्रकारका पक्षमा काम गर्ने गरी ल्याउनुपर्छ ।
पत्रकारका समस्या कसरी समाधान गर्न सकिन्छ । मैले खासगरी पत्रकारको क्षमता अभिबृद्धी गर्नका लागी र पत्रकार र सञ्चारगृहको हक हितका लागी काम गर्न उम्मेदवारी दिएको हुँ ।


२५ गते निर्वाचन हुँदै छ छोटो समय छ अब सबै मतदाताले नचिनेका होलान तपाइको पृष्टभुमी बारे सबैलाई थाहा नहोला ?
मैले २०६४ सालमा रेडियो क्षेत्रबाट पत्रकारिता शुरु गरेको हुँ । मैले आम सञ्चार र पत्रकारिता बिषयमा स्नातकोत्तर गरिसकेको छु । मेरो १४ बर्षिय मिडिया अनुभव छ । पत्रकारिता क्षेत्रमा हिजोको पुस्ताले गरेको योगदान अतुलनिय छ । सुचना प्रबिधि र अहिलेको युग सुहाँउदो बिकासका लागी हामी जस्तो युवा आउने र नयाँ अभ्यासको थालनी गर्नुपर्छ भन्ने हो । म अहिले रेडियो धनगढीको कार्यकारी छु भने धनगढी खबरको सम्पादक छु । मैले सुदूरपश्चिमका बिभिन्न मिडियामा काम गरेर अहिले सचिवको उम्मेदवारसम्म पुगेको हुँ ।

तपाई युवा अवस्थामा हुनुहुन्छ, बौद्धिक ब्यक्तीपनि हो अहिले केही युवाले नेतृत्व पाउन सक्ने सम्भावनापनि छ अब सचिवको जिम्मेवारी पाइसकेपछि कसरी काम गर्नुहुन्छ ?

 

यो मेरालागी अवशर हो । पत्रकारिता क्षेत्रमा हाम्रा अग्रजहरुले धेरै काम गरेका छन् । अब अहिले युवाले अवशर पाउनुपर्छ भनेर धेरै क्षेत्रमा बहस चलिरहेका बेला पत्रकार महासंघमापनि केही युवा नेतृत्वमा आइरहेका छन् यो हाम्रा लागी निकै अवशर हो । हामीभन्दा अग्रजका राम्रा कुराहरुलाई अगांल्दै हामीले अब नयाँ काम गर्नुपर्छ । पत्रकारिता क्षेत्रमापनि भविश्य छ है भनेर बिश्वास दिलाउन र प्रमाणित गर्न हामी जस्ता युवाहरुले जान जरुरी छ । पत्रकारिता क्षेत्रमा धेरै बिकृती बिसंगतीहरु छन् तर अहिले त्यो भन्नुभन्दापनि पत्रकाररिता क्षेत्रमा भएका काम, बिषयहरुलाई हामीले नितिगत रुपमा उठाएर समाधान गर्नुपर्छ ।

म सुदूरपश्चिमाञ्चल क्याम्पसमा स्नातक तहमा पत्रकारिता बिषयनै पढाइरहेको छु । कम्तिमा समाचारको क्षमता कस्तो कुन समाचारले समाजमा कस्तो प्रबाह गर्छ । पत्रकारहरुलाई त्यो कुरामा जिम्मेवार र जवाफदेही बनाउन यी संस्थामा हाम्रो उपस्थिती हुनुपर्छ । पत्रकारको क्षमता अभिबृद्धी र सञ्चार माध्यमको दिगो बिकासका सवालमा म मेरो कार्यकालभरी कटिबद्ध रहने छु ।

ति त तपाइका चुनावी बाचा छन् सुदूरपश्चिममैपनि १ हजारभन्दा बढी पत्रकारहरु छन अधिकाशंले न्युनतम पारिश्रमिक पाएका छैनन् पत्रकारिता गरेरै जिवन निर्बाह गर्न सकिने अवस्था छैन अब यो मुद्धामा तपाइको टिमले कसरी काम गर्छ ?

न्युनतम पारिश्रमिक को पश्न सही उठाउनुभयो । करिब १२ सय पत्रकार महासंघका सदस्यहरु छन् । अँझै सदस्यता नपाएका धेरै छन् । पत्रकारहरुले न्युनतम पारिश्रमिक नपाउनुका समस्या धेरै छन् । साना लगानीका मिडियाहरुका समस्या उकातिर छन्, यसका लागी सरोकारवालाहरुसंग छलफल गर्ने, हामीले अहिले गरिरहेको पत्रकारिताले सञ्चारगृह र पत्रकारको भविश्य छ की छैन भन्ने बिषयलाईपनि उठाइन्छ ।

हाम्रो अध्यक्षको उम्मेदवारनै डाइनामिक हुनुहुन्छ पहिलो कार्यकाल महासचिव खाइसकेको ब्यक्ती योगेश रावल हुनुहुन्छ । उहाँलाई सबै पत्रकारका पिडा बारे थाहा छ । उहासंग हामी काम गर्ने हो । हामी पत्रकार महासंग सुदूरपश्चिमलाई निकै उत्कृष्ट बनाउने प्रयत्न गर्ने छौँ ।

२५ गते चुनाव छ तपाइले मतदातासंग पुग्न समयपनि कम छ अब कसरी मतदाता रिझाउनुहुन्छ के छ तयारी ?

इो चुनौतीपुर्ण छ भौगोलिक रुपमा हिमाल, पहाड, तराई छ । प्रत्येक जिल्लामा जाने कोसिस गरिरहेका छौँ । सबै पत्रकारलाई भेट्न सकिन्छ म भन्दैन । अहिले पत्रकार महासंघले ऐतिहाँसिक काम गरेको छ जुन प्रत्यक्ष निर्वाचन प्रणाली लागु गरेको छ ।े जिल्ला जिल्लामा हाम्रो टिम त छ हामी सबैसंग पुग्ने प्रयासमा त छौँ । कतिको सम्भव हुन्छ । म के भन्छु भने मेरा अग्रज, मित्रहरु, साथीहरु, भाइ बहिनिहरु जेपनि पत्रकारका मतदाता हुनुहुन्छ । हामीलेनै सभ्य समाज निर्माणमा र राज्यलाई सहि दिशामा ल्याउन पहस गर्ने हो । हामीले दिने समाचार, बिचारहरुले समाजको दिशा निर्देश हुन्छ । यस कारण सबै पत्रकारहरुलाई आग्रह गर्दछु की ।

केन्द्र देखी प्रदेश र जिल्लासम्म यस्तो नेतृत्व छानौँ की तपाइलाइपनि महसुस होस की अहिलेको देशको परिस्थिती, पछिल्लो पटक भइरहेका बिकास लगायतलाई कुन ब्यक्तीले कसरी काम गरिरहेको छ । यो बुझ्नुपर्छ । २५ गते हुने निर्वाचनमा सभ्य र सही नेतृत्व छानौँ । भोलीका लागी तपाइले महसुस गर्ने गरी नेतृत्वले काम गर्ने छ । २५ गते हुने निर्वाचनमा सही नेतृत्व छानौँ ।
हामी सबैसंग पुग्न सक्छौँ या सक्दैनौ थाहा छैन । यो त्यो भन्दापनि सबल सक्षम नेतृत्व र युवा नेतृत्वका लागी मत माग्दछु ।

प्रतिक्रिया