ताजा अपडेट
ओलीले राजीनामा नदिए कांग्रेसले हटाउने वरिष्ठ नेता पौडेलको चेतावनी
काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले हटाउने चेतावनी दिनु भएको छ ।
नेपाल शिक्षक संघको कार्यक्रममा बोल्ने क्रममा नेता पौडेलले प्रधानमन्त्रीबाट ओलीलाई हटाउन हिजोको केन्द्रीय समिति बैठकले अठोट लिएको प्रस्ट्याउनु भएको छ ।
उहाले भन्नु भयो, ’छोड्नुहुन्न भने हामी हटाउँछौं । प्रधानमन्त्रीले राजीनामा नदिएका कारण हटाउन हामी बाध्य हुनुपरेको छ ।’
ओली सरकारले ७० वर्षदेखि लडेर ल्याएको व्यवस्था ध्वस्त पार्न लागेकाले सत्ताको विकल्प खोजिएको उहाले बताउनु भयो । प्रधानमन्त्रीले संसद्को उपेक्षा गरेको उहाले आरोप लगाउनु भएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया