ताजा अपडेट
सरकार र थारू कल्याणकारिणी सभाबीचको वार्ता सकारात्मक
काठमाडौं - सरकार र थारू कल्याणकारिणी सभाबीच आइतबार भएको दोस्रो वार्ता सकारात्मक भएको छ।
वार्ताका क्रममा सभाले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा.राजन भट्टराईले बताए। वार्ता सहमति उन्मुख रहेको र अर्को चरणकोे वार्ता निकट भविष्यमै हुने उनले बताए।
थारु कल्याणकारिणी सभाले सांसद रेशम चौधरीसहित टीकापुर घटनामा जेलमा रहेका व्यक्तिहरुलाई छोड्न माग गरेको छ। त्यस्तै, उनीहरुमाथि लगाएका मुद्दा फिर्ता गर्नुपर्ने माग राखेको छ।
जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुका माग पूरा गर्ने आश्वासन दिएका छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया