ताजा अपडेट
पौडेलले निवासमै गएर ठाकुरलाई भेटे, नयाँ प्रधानमन्त्रीको खोजीबारे के कुरा भयो ?
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टी ९जसपा०का कार्यकारी अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । भेटका लागि पौडेल आज बिहान ठाकुर निवास सानोठिमी पुग्नुभएको थियो ।
ठाकुरनिकट नेता डा।सुरेन्द्र झाले आज बिहान पौडेल र ठाकुरबीच भेटवार्ता भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार कुराकानीमा पछिल्लो राजनीतिक घटनाक्रम बारेमा छलफल भएको छ ।
कांग्रेस स्रोतका अनुसार भेटवार्तामा पौडेलले कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरिसकेकाले अब नयाँ सरकार बन्ने स्थिति बनेको ठाकुरलाई जानकारी दिनुभएको थियो ।
वरिष्ठ नेता पौडेलले सभापति शेरबहादुर देउवाबाहेक पनि अर्को व्यक्ति कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने सम्भावना रहेको बताउनुभएको थियो ।
तर, पौडेलले अर्को व्यक्ति को हो भनेर स्पष्ट नपारेको ठाकुरपक्षको भनाइ छ ।
‘पौडेलजीले अर्को व्यक्तिलाई पनि प्रधानमन्त्रीमा प्रस्ताव गर्न सक्छु भन्नुको भित्री उद्देश्य ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न खोजेको जस्तो देखियो तर उहाँ खुल्न चाहनु भएन’ जसपाका एक नेताले भने ।
पौडेलसँगको कुराकानीमा ठाकुरले पार्टीले राखेका माग, मुद्दा सम्बोधन भएमा त्यस्तो सरकारलाई आफूहरुले समर्थन गर्ने बताउनुभएको थियो ।
नयाँ सरकार निर्माणमा जसपासँग ओली सरकारले पनि छलफल गरिरहेको छ । यसैगरी कांग्रेस तथा माओवादी केन्द्रले पनि जसपासँग छलफल र संवाद अघि बढाएका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया