Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

पौडेलले निवासमै गएर ठाकुरलाई भेटे, नयाँ प्रधानमन्त्रीको खोजीबारे के कुरा भयो ?

पौडेलले निवासमै गएर ठाकुरलाई भेटे, नयाँ प्रधानमन्त्रीको खोजीबारे के कुरा भयो ?

काठमाडौं -  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टी ९जसपा०का कार्यकारी अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । भेटका लागि पौडेल आज बिहान ठाकुर निवास सानोठिमी पुग्नुभएको थियो ।

ठाकुरनिकट नेता डा।सुरेन्द्र झाले आज बिहान पौडेल र ठाकुरबीच भेटवार्ता भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार कुराकानीमा पछिल्लो राजनीतिक घटनाक्रम बारेमा छलफल भएको छ ।

कांग्रेस स्रोतका अनुसार भेटवार्तामा पौडेलले कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरिसकेकाले अब नयाँ सरकार बन्ने स्थिति बनेको ठाकुरलाई जानकारी दिनुभएको थियो ।

वरिष्ठ नेता पौडेलले सभापति शेरबहादुर देउवाबाहेक पनि अर्को व्यक्ति कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने सम्भावना रहेको बताउनुभएको थियो ।

तर, पौडेलले अर्को व्यक्ति को हो भनेर स्पष्ट नपारेको ठाकुरपक्षको भनाइ छ ।

‘पौडेलजीले अर्को व्यक्तिलाई पनि प्रधानमन्त्रीमा प्रस्ताव गर्न सक्छु भन्नुको भित्री उद्देश्य ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न खोजेको जस्तो देखियो तर उहाँ खुल्न चाहनु भएन’ जसपाका एक नेताले भने ।

पौडेलसँगको कुराकानीमा ठाकुरले पार्टीले राखेका माग, मुद्दा सम्बोधन भएमा त्यस्तो सरकारलाई आफूहरुले समर्थन गर्ने बताउनुभएको थियो ।

नयाँ सरकार निर्माणमा जसपासँग ओली सरकारले पनि छलफल गरिरहेको छ । यसैगरी कांग्रेस तथा माओवादी केन्द्रले पनि जसपासँग छलफल र संवाद अघि बढाएका छन् ।

 

प्रतिक्रिया