Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कोरोना संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्नसक्छः स्वास्थ्यमन्त्री

कोरोना संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्नसक्छः स्वास्थ्यमन्त्री

काठमाडौँ – सरकारले आगामी जेठ–असारमा कोरोनाभाइरस ९कोभिड–१९० को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आकलन गरेको छ।

तर अहिले नेपालको अवस्था आतंकित हुनुपर्ने नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताउनुभयो।

आइतबार संसद बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको बताउनुभयो।

‘अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ’ उहाँले भन्नुभयो ।


यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो । कात्तिक ५ गते एकैदिन ५७४३ नयाँ संक्रमित भेटिएका थिए भने १० गते पोजेटिभिटी रेसियो ९परीक्षणका आधारमा संक्रमितको अनुपात० ३५ प्रतिशत थियो ।

माघ पहिलो साता न्यून बिन्दुमा पुगेको संक्रमण फेरि बढ्न थालेको छ । सोमबार देशभरमा २६६ नयाँ संक्रमित भेटिएका छन् । भारतमा बढ्दो संक्रमणले नेपाललाई थप सचेत बनाएको समेत मन्त्री त्रिपाठीले बताउनुभयो ।

पुनः लकडाउनमा जान नपरोस् भनेर अपनाउनुपर्ने सबै प्रभावकारी कदम अपनाउन सरकार तयार रहेको भन्दै उहाँले अगाडि भन्नुभयो, ‘अहिलेको नेपालको अवस्था आतंकित हुनुपर्ने छैन।’

उहाँका अनुसार झण्डै १८ लाख नागरिकलाई खोप दिइसकेको छ र असारसम्म ६० लाख जनतालाई दिने सरकारको लक्ष्य छ । खोप ल्याउन रकम अभाव नहुने भन्दै उहाँले भन्नुभयो, ‘खोपका लागि ४८ अर्ब बजेट सुरक्षित छ । त्यति पनि खर्च नहोला ।’

मन्त्री त्रिपाठीले कोरोनामा भएको खर्चको श्वेत पत्र जारी गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।

प्रतिक्रिया