ताजा अपडेट
‘ओली एमालेका अन्तिम प्रधानमन्त्री’
काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी शर्मा ओली नेकपा एमालेको तर्फबाट अन्तिम प्रधानमन्त्री हुन सक्ने बताउनुभएको छ । आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले यही अवस्था रहेमा ओली एमालेबाट अन्तिम प्रधानमन्त्री हुने दाबी गर्नुभयो ।
२०७४ सालको निर्वाचनका बेला गोरखाको पालुङटारमा हालका प्रधानमन्त्री ओलीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुने भनी दिएको अभिव्यक्ति स्मरण गर्दै सांसद कँडेलले यस्तो जवाफ दिनुभएको हो ।
‘जुन शब्दमा गोरखामा उहाँले भन्नुभयो । त्यही शब्दमा भन्ने हो भने र यही अवस्था रहिरहेमा सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन् । त्यसपछि अगाडि बढ्न सक्दैन’, उहाँले भन्नुभयो ।
वर्तमान प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने सांसद कँडेलको भनाइ छ ।
‘हिजो नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले विश्वासको मत लिएको हो । अदालतको आदेशबाट नेकपा विभाजन भएको हो भने केपी ओलीमा अलिकति पनि आफ्नो समर्थन छ भन्ने लाग्छ भने विश्वासको मत लिने कि नलिने रु’, संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने धारणा राख्दै उहाँले प्रश्न गर्नुभयो, ‘उहाँ पन्छिन पाउनुहुन्न । उहाँले समर्थन फिर्ता लेऊ भन्न पाउनुहुन्न । उहाँले विश्वासको मत लिनुपर्छ ।’
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया